दैलेख कारागारमा योग शिविर

          |   प्रकाशित मितिः बुधबार, भदौ ६, २०७५     ::: 342 पटक पढिएको   |  

भाद्र ६, दैलेख — जिल्ला कारागार दैलेखमा कैदबन्दीलाई लक्षित गर्दै सातदिने योग तथा ध्यान शिविरको आयोजना गरिएको छ । कारागारमा रहेका ५७ कैदीबन्दीलाई योग तथा ध्यानसम्बन्धी जानकारी दिन शिविर सञ्चालन गरिएको हो ।

शिविरमा कैदीबन्दीले सक्रिय सहभागिता जनाएको योग प्रशिक्षक शंकर थापाले बताए । उनका अनुसार पर्याप्त हल नहुँदा कैदीबन्दीलाई आलोपालो गरेर योग सिकाइएको थियो । सकारात्मक सोचको विकास गर्न शिविरको आयोजना गरिएको उनको भनाइ छ ।योग र ध्यानले कैदीबन्दीको दैनिकीमा परिवर्तन आउन थालेको नाइके मानबहादुर नेपालीले बताए । उनका अनुसार शिविरकै क्रममा कैदीबन्दीले देखाएको सक्रियता उदाहरणीय थियो । उनका अनुसार कैदी बन्दीले बिहानै उठेर नियमित योगा र ध्यान गर्न थालेका छन् । योग र ध्यानले कैदीबन्दीको स्वास्थ्य समस्या हल हुने आशा रहेको उनको भनाइ छ । योग प्रशिक्षक नरेश्वर अधिकारीले योगले उनीहरूमा सकारात्मक सोच ल्याउने र दीर्घ जीवनका लागि सहयोग पुग्ने बताए ।



Leave a comment

Your email address will not be published.


*