महिला हिंसा कम गर्न कानून सहज

महिला हिंसा कम गर्न कानून सहज

दैलेख-दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले कानून समय अनुसार संशोधन हुँदै जाने बताएका छन् । दलित महिला संघले दैलेख सदरमुकाममा आज एक कार्यक्रममा मुलुकी अपराध सहिंता लगायतका नयाँ ऐन अहिले आवश्यकता अनुसार लागू भएको उनले व्याख्या गरे
प्रमुख जिल्ला अधिकारी बासकोटाले महिला माथि हुने यौनजन्य हिंसा तथा लैंगिक हिंसा र सार्वजनिक सेवा तथा श्रोतमा पहँुच सम्वन्धी अन्तरक्रिया कार्यक्रममा समाजका शोषण तथा दुव्र्यवहार समस्या हटाउन कानूनले सहज बनाएको तर्क राखे ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले दैलेखमा महिला हिंसा र बाल विवाह प्रमुख समस्या रहेको कारणले कानून कार्यान्वयनमा सामुदायिक सहयोग र सहकार्य आवश्यक रहेको बताए । दलित महिला संघका जिल्ला कोषाध्यक्ष देबीसरा नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा महिला विकास अधिकृत माधुरी न्यौपाने, गैसस महासंघका जिल्ला अध्यक्ष महारुप खत्री, सोसेकको महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठ लगायतले पनि जिल्लामा महिला हिंसाको अवस्था र समाधानका विषयमा बोलेका थिए ।
त्यसैगरी अधिवक्ताद्वारा ललित थापा, सर्वराज जोशी, समाजसेवीहरु सेफका कार्यक्रम संयोजक घनश्याम पोखरेल, अन्तरपार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष जीतकुमारी श्रेष्ठ, पत्रकार हिक्मत नेपालीले महिला क्षेत्रमा राज्यको लगानी र उचित सुरक्षा तथा संरक्षण विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया