जनप्रतिनीधिले अभिभावकको भूमिका निर्वाह गर्न सकेनन् – कांग्रेस

जनप्रतिनीधिले अभिभावकको भूमिका निर्वाह गर्न सकेनन् – कांग्रेस

क्याप्सन – पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति कृष्ण कुमार विसी

दैलेख भदौ ७ ।
नेपाली कांग्रेस दैलेखका सभापति कृष्ण कुमार विसीले नारायण नगरपालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कर्मचारी कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाएका छन् । दैलेखका ११ वटै स्थानीय तहहरुले गरेका कामहरुको विषयमा पार्टीको धारणा राख्न प्रेस युनियन दैलेखको कार्यालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति विसीले स्थानीय विकास कोष बाट आन्तिरिक कर्मचारीहरुलाई जिल्ला समन्वय समितिले आफ्नो नजिकको स्थानीय तहमा हाजिर गराउन स्थानीय तहलाई गरेको पत्रचार अनुसार राजनीतिक पुर्वाग्रमा कसैलाई हाजिरी गराएको र कसैलाई हाजिरि नगराएको प्रति नेपाली कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको औल्याए ।
दैलेख जिल्लाको विकासका लागि नेपाली कांग्रेस लचिलो भएको भन्दै सत्तासिन पार्टी नेकपाले हाम्रो लचिलोपनको फाइदा उठाउन खोज्यो, सभापति विसीले भने ‘निर्वाचित जनप्रतिनीधि समग्र नागरिकहरुको अभिभावक भएपनि अभिभावकको भूमिका निर्वाह गर्न सकिरहेको छैन ।’
नारायण नगरपालिकामा नेपाली कांग्रेसका जनप्रतिनीधिहरुले राखेका माग सम्बोधन गर्न नगर प्रमुखले कुनै पहल नगरेको आरोप लगाउदै सभापति विसीले नारायण नगरपालिकाका सत्तासिन पार्टीले बहुमतको दम्भ देखाउन खोजेको धारणा राखे ।
दैलेख जिल्लालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकलौटी चलाउन खोजेको भन्दै जिल्लाको विकास र समृद्धीका लागि नेपाली कांग्रेस सल्लाह, सुझाव र समन्वयको पक्षमा रहेको औल्याए । नारायण नगरपालिकाले आफुहरुले राखेका जायज मागहरु सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जाने घोषणा गरे ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका क्षेत्रिय सभापति गणेश उपाध्यायले नेपाली कांग्रेस संग जनताको मतको बहुमत रहेको बताउदै स्थानीय तहले राजनितीक पूर्वाग्रका आधारमा कर्मचारीलाई हाजिरी नगराउनु लज्जास्पद भएको धारणा राखे । नारायण नगरपालिकाको नगरपरिषद अवैध रुपमा संचालन भएको बताउदै उपाध्यायले पुन नगर परिषद बोलाउनुपर्ने माग गरे । जिल्लाको नारायण नगरपालिकाले कार्यकर्ता भर्ती गर्न कर्मचारीको दरबन्दी सृजना गरेको भन्दै त्यसलाई सच्चाएर अगाडी बढ्न आग्रह गरे ।
उनले भने, ‘नारायण नगरले विषयगत समितिमा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनीधिहरुलाई नराखेर बहुमतको दम्भ देखाउन खोज्यो ।’ ‘अहिलेको सरकारले जनताले थेग्नै नसक्ने कर बृद्धि गरेको छ त्यसलाइ सच्चाउनु पर्छ ।’ अर्को प्रशंगमा क्षेत्रिय सभापति उपाध्यायले जिल्ला समन्वय समिति दैलेखले जिल्लाका ११ वटै स्थानीय तहसंग समन्वय गर्न नसकेको आरोप समेत लगाए ।

प्रतिक्रिया