‘धर्म संस्कृतिको निहुँमा दलित समुदायलाई विभेद गर्नेलाई कारबाही गर्नुपर्छ’ : सांसद विसुन्के (भिडियो सहित)

‘धर्म संस्कृतिको निहुँमा दलित समुदायलाई विभेद गर्नेलाई कारबाही गर्नुपर्छ’ : सांसद विसुन्के (भिडियो सहित)

काठमाडौं–राष्ट्रियसभाकी सांसद पार्वती विसुन्केले धर्म सस्कृति निहुँमा दैलेखमा दलित समुदायलाई विभेद गरेको भन्दै संसदमा ध्यानाकर्षण गराउनुभएको छ ।
शुक्रबार संसदमा बोल्दै सांसद विसुन्केले मनुस्मृतिलाई घोटेर धर्म संस्कृतिका नाममा देखिएर र नदेखिएर विभेद गरेको भन्दै सरकारले बनाएको कानुनलाई कार्यान्वयन तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । जनैपूर्णिमाको अवसरमा रक्षा बन्धन बाँध्ने आफुहरुले नसक्ने भन्दै दैलेखमा ब्राम्हण समाज नामक संस्थाले यो वर्ष कसैलाई रक्षाबन्धन नबाँध्ने भनी रेडियोबाट सार्वजनिक सूचना प्रसारण गरेको भन्दै दलित समुदायलाई अघोषित विभेद गरेको उहाँको दावी थियो ।

संसदमा बोल्दै सांसद विसुन्केले मानवले मानवप्रति र नेपाली नेपालीप्रति गरेको यो अमानवीय व्यवहारको घोर भत्र्सना गदै धर्मको नाममा गरिएको विभेद संविधान र कानुन विपरित भएको भन्दै सरकारले छानविन गरी कारबाही गर्नुपर्ने बताउनुभयो । ‘यो काुनन विपरित छ, छानविन गरी कारबाही गर्नुपर्छ । ’

भिडियो

https://www.facebook.com/parbati.bisunke.1/videos/1234402766700257/?t=0

प्रतिक्रिया