फेसबुकमा अश्लील फोटो पठाउने प्रहरी फन्दामा

          |   प्रकाशित मितिः आइतवार, भदौ १०, २०७५     ::: 284 पटक पढिएको   |  


सुर्खेतः फेसबुकमार्फत कसैलाई अश्लिल तस्बिर पठाउँदै हुनुहुन्छ भने सावधान। प्रहरीको फन्दामा पर्नुहोला। किनकी तपाईले जसलाई पठाउनुभयो उसैले प्रहरी पठाउन सक्छ। सुर्खेतमा एउटा यस्तै घटना भएको छ । फेसबुकमा महिलालाई अश्लिल तस्बिर पठाउने एक युवक प्रहरी खोरमा पुगेका छन्।

सुर्खेतको लेकबेशी नगरपालिका (७ कल्याणका टीकाराम खड्का महिलालाई अश्लिल तस्बिर पठाएको अभियोगमा पक्राउ परेका छन्। २३ वर्षीय खड्काले आफ्नो फेसबुक आइडीबाट महिलालाई अश्लील फोटो पोस्ट गरेको बारे मुद्दा दर्ता परेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले बताए ।

खड्कालाई प्रारम्भिक अनुसन्धान गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा पठाइएको चौधरीले जानकारी दिए। उनका अनुसार आरोपित खड्कालाई शुक्रबार नै काठमाडौं लगिएको थियो।

यही भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी अपराध संहिता ऐन अनुसार विद्युतीय माध्यमबाट अश्लील फोटो वा चित्र देखाएमा यौन दुर्व्यवहार गरेको मानिने र तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। annpurna post



Leave a comment

Your email address will not be published.


*