अधिकारकर्मी संगै अगुवा कृषक सम्मानित

अधिकारकर्मी संगै अगुवा कृषक सम्मानित

दैलेख भदाै ११ ।
जिल्लाका विभिन्न क्षेत्रका अगुवा कृषक र अधिकारकर्मीहरु सम्मानित भएका छन् । जिल्लाको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको २१ औँ बार्षिक उत्सबतथा साधारण सभा र ८ औ अधिवेशनको अवसरमा जिल्लाका विभिन्न क्षेत्रका अगुवा कृषक र अधिकारकर्मीहरुलाई सम्मान गरिएको हो । अगुवा कृषकहरुमा धना विक, रामबहादुर खड्का र कमला चन्द सम्मानित हुनु भएको हो ।
यस्तै वशुन्धारा युवा क्लब पनि सम्मानित भएको छ । यस्तै लक्ष्मी विक, हर्क बहादुर कार्की, जिल्ला बाल मञ्च दैलेखका सल्लाहकार लक्षमण कुमार कार्की, वडा अध्यक्ष गंगाराम खत्री, वडा अध्यक्ष कलम बहादुर खनाल, वडा अध्यक्ष पूर्ण वली, स्रोत व्यक्ति विष्णु प्रसाद पाठक, प्रधानाध्यापक महेन्द्र रामजाली र सनराइज बोडिंग स्कुल पनि सम्मानित भएको छ । यसै गरि मुना मन्टेश्वरी दैलेख, एभरेष्ट कम्प्युटरका संचालक बसन्त वली, दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश कुमार हमाल, पुण्य कोइराला सम्मानित हुनु भएको छ ।


यस्तै संस्थाका कर्मचारीहरुमा सहयात्रा परियोजनाका सामाजिक परिचालक पूर्ण बहादुर महतरा, आरविएलआइपी कालिकोटमा कार्यरत सामाजिक परिचालक नर्मा सुनार, एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका महेन्द्रराज अधिकारी, आशा आयोजनाका सामाजिक परिचालक अविलाल जैसी, एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका ललिता कुमारी भण्डारी सम्मानित हुनुभएको छ ।
यस्तै भर्खरै मात्र सरुवा भइ जानु भएका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, तत्कालिन महिला विकास अधिकृत पवित्रा पुरी, निमित्त जिल्ला समन्वय अधिकारी पदम बहादुर सापकोटा पनि सम्मानित हुनु भएको छ । यसैगरि पंचदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने, चामुण्डाविन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाही, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापा, नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा सम्मानित हुनु भएको छ ।

प्रतिक्रिया