खोलाले बगाउदा बालकको मृत्यु

खोलाले बगाउदा बालकको मृत्यु

दैलेख, १३ भदौ –
दैलेखको गुराँस गाउँपालिका ८ मा खोलाले बगाउदा एक जना बालकको मृत्यु भएको छ । विद्यालयबाट घर फर्कने क्रममा खनारामा रहेको ठुलो खोलाले बगाउदा ९ बर्षिया बालक सुनिल ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुरासँ गाउँपालिका ८ मा रहेको धरमपोखरा प्रहरी चौकीका साहयक इन्चार्ज गोपाल सिंह पुजाराका अनुसार बालकलाई खोलाले बगाएको थाहा पाए लगत्तै स्थानीयको सहयोगमा उद्धार गरि अस्पताल ल्याउदा मृत्यु भइसकेको थियो ।

सुनील स्थानीय ग्रिनल्याण्ड विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए । सुनिल गुराँस गाउँपालिका वडा नम्बर ८ खनाराका राम बहादुर ओलीका छोरा हुन् ।

प्रतिक्रिया