नगरस्तरिय जेष्ठ नागरिक संघ गठन

नगरस्तरिय जेष्ठ नागरिक संघ गठन

दुल्लु, भदौ १३ :
यहाँको दुल्लु नगरपालिकामा नगर स्तरिय ज्येष्ठ नागरिक संघ गठन गरिएको छ । दुल्लु नगरपालिकामा रहेका १३ वटै वडाका जेष्ठ नागरिकहरुको भेलाले जेष्ठ नागरिक संघ, दुल्लु नगर कार्य समिति गठन गरेको हो । ज्येष्ठ नागरिक जिल्ला संघ, दैलेखका अध्यक्ष बिर बहादुर भण्डारी र सचिव इन्द्र बहादुर बुढाको उपस्थितीमा १९ सदस्यीय जेष्ठ नागरिक संघ दुल्लु नगरपालिकाको कार्य समिति गठन गरिएको छ ।
संघको अध्यक्षमा कृष्ण बहादुर भण्डारी चयन हुनुभएको छ ।

यस्तै संघको उपाध्यक्षमा नर बहादुर थापा, सचिवमा भिम बहादुर खत्रि आचार्य, कोषाध्यक्ष मा कृष्णा शाह, सहसचिब छत्रदेब गीरी चयन हुनुभएको छ । संघको सदस्यहरुमा लछीराम खड्का, टिका राम थापा, गगने सुनार, डम्मर बहादुर कार्की, कृष्ण प्रसाद जैसी, लोक बहादुर खड्का, काशिराम रावत, मनबहादुर खत्रि, लाल बहादर गिरी, खड्ग बहादुर थापा, कर्ण बहादुर थापा, काशिराम दाहाल र थिर बहादुर भण्डारी चयन हुनु भएको छ ।

नगर स्तरिय ज्येष्ठ नागरिक समिति गठन कार्यक्रमको भेलामा बोल्नुहुँदै दुल्लु नगरपालिका ७ का वडाअध्यक्ष तथा दुल्लु नगरपालिकाका कार्यवाहक प्रमुख लाल बहादुर राउतले ज्येष्ठ नागरिकहरुको हक र हितमा नगर तथा वडा कार्यालयले पहल गर्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरुको अधिकार स्थापित गर्नका लागि नगरपालिकाले जस्तो सुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया