सेवा प्रवाहमा महिलाको पहुँच पुगेन

सेवा प्रवाहमा महिलाको पहुँच पुगेन

दैलेख भदौ १४ ।
जिल्लामा रहेका स्थानीय तह र सरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवामा महिलाहरुको पहुँच नपुगेको एक कार्यक्रमका सहभागिले गुनासो गरेका     छन् । क्रियाशिल पत्रकार मञ्च, जिल्ला शाखा दैलेखद्धारा आयोजित स्थानीय तह र सरकारी निकायबाट महिलालाई प्रदान गरिने सेवा तथा महिलाको पहुँच विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले यस्तो गुनासो गरेका हुन् ।
जिल्ला समन्वय समिति दैलेखमा आयोजित उक्त कार्यक्रममा दलित महिला संघका जिल्ला कोषाध्यक्ष देवीसरा नेपालीले राज्य पुर्नसंरचना पछि बनेका स्थानीय तहहरुले महिलाहरुको क्षेत्रमा विनियोजन गर्नुपर्ने रकम नै कटौती गरेको बताउनुभयो । पत्रकार यज्ञराज थापाले स्थानीय तहमा आउने बजेटहरु सडक निर्माणमा मात्र केन्द्रित भएको औल्याउनुभयो ।

यस्तै पत्रकार विशाल सुनारले लक्षित वर्ग दलित, महिला, जनजाती, बालबालिका, अपाङ्गको नाममा आएका बजेटहरु सडक, पुल, विद्यालय, खानेपानी लगाएतका पूर्वाधार निर्माणमा खर्च गर्ने परिपाटी रहको भन्दै त्यस्तो कार्यलाई रोक्नुपर्ने सुझाव दिनुभयो ।

गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले स्थानीय तहमा सेवा लिन आउने महिलाहरुलाई असहज हुनेगरेको बताउदै विशेष गरि दलित र विपन्न महिलाको पहुँच नपुगको बताउनुभयो ।  स्थानीय दलित अगुवा बखत नेपालीले अहिलेका स्थानीय तहहरुले महिला, बालबालिका र दलितहरुका नाममा आएका बजेट मन्दिर निर्माणमा विनियोजन गरि दामासाही रुपमा खर्च गर्नु गलत भएको धारणा राख्नुभयो । नारायण नगरपालिका वडा नं. ६ का वडा सदस्य हर्क बहादुर नेपालीले गत आर्थीक बर्षमा जे जस्ता गल्तीहरु भएपनि आगमी बर्ष देखि सच्चाएर बजेट विनियोजन गर्न पहल गर्ने बताउनुभयो ।
नारायण नगरपालिका दैलेखका कार्यवाहक प्रमुख तिर्थनारायण श्रेष्ठले अन्य स्थानीय तहको हकमा नारायण नगरपालिकामा महिलाहरुले सेवा लिन सहज भएको बताउनुभयो ।

अघिल्लो आर्थीक बर्षमा केहि कमजोरीहरु भएकै हुन, उहाँले भन्नुभयो “यस बर्ष सबै लक्षित वर्गलाई समेटेर बजेट ल्याएका छौ । ” दैलेखका प्रहरी प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले महिला हिंसाका घटनाहरुमा पिडितलाई न्याय र पिडकलाई कार्बाहीको दायरामा ल्याउन आफु कटिबद्ध रहेको बताउनुभयो । गलत काम गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले अधिकार सम्पन्न स्थानीय तहहरुले महिला, बालबालिका, जनजाती, दलितको क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने धारणा राख्नुभयो । जिल्ला प्रशासन कार्यालयमा महिला, बालबालिका र अपांगहरुका लागि सहज सेवा प्रदान गर्ने उदेश्यले डेक्सको स्थापना गर्न पहल थालिएको उहाँको भनाई छ ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले दैलेखका ११ वटै स्थानीय तह र सरकारी कार्यालयबाट प्रवाह गरिने सेवाहरुमा महिलाहरुको पहुँच बृद्धि गर्न जिससले पहल गर्ने बताउनुभयो । जिल्लामा रहेका सामाजिक कुरिति र कुसंस्कारबाट पनि महिलाहरु पिडित छन्, उहाँले भन्नुभयो “त्यस्ता कुरिति र कुसंस्कारलाई हटाउन जिससले पहल गर्नेछ ।”
कार्यक्रममा क्रियाशिल पत्रकार मञ्च, जिल्ला शाखा दैलेखका अध्यक्ष हिक्मत बहादुर नेपालीले स्थानीय तह र सरकारी निकायहरुबाट प्रवाह गरिने सेवामा महिलाहरुको पहुँच बढाउनका लागि जिससले पहल थाल्न आग्रह गर्नुभयो । उहाँले महिला हिंसा, छाउपडि र बाल विवाह जस्ता कुरिति र कुसस्कारले महिलाहरु पिडित भएको बताउदै त्यसको न्यूनिकरणका लागि जिसस र ११ वटै स्थानीय तहहरुले सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने धारणा राख्नुभयो । अन्तरक्रिया कार्यक्रम संकल्प काठमाण्डौको सहयोग तथा दलित महिला संघ दैलेख र क्रियाशिल पत्रकार मञ्च, जिल्ला शाखा दैलेख द्धारा सयुक्त रुपमा आयोजित कार्यक्रममा एक बुँदे साझा प्रतिबद्धता गरिएको छ ।

प्रतिक्रिया