मृतक बालकका परिवारलाई एक लाख राहत

मृतक बालकका परिवारलाई एक लाख राहत

क्याप्सन – मृतक बालकका परिवारलाई राहत रकम प्रदान गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा ।

दैलेख, १५ भदौ ।
विद्यालय बाट घर फर्कने क्रममा खोलाले बगाएर मृत्यु भएका बालकको परिवारलाई जिल्ला प्रशासन कार्यालय दैलेखले रु एक लाख रुपैया राहत उपलब्ध गराएको छ । दैलेखको गुराँस गाउँपालिका वडा नं. ८ का आठ बर्षिया बालक सुनिल ओलीको मंगलवार खोलाले बगाउदा मृत्यु भएको थियो । गुराँस गाउँपालिका वडा नं. ८ निवासी रेशम वहादुर ओली र शोभालक्ष्मी ओलीका छोरा शुनिल ओलीलाई खोलाले बगाउँदा मृत्यु भएको थियो ।

मृतक बालकका परिवारलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा, गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओली सहितको टोलीले घरमै पुगेर राहत रकम उपलब्ध गराएको हो । मृतक बालकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले बताउनुभयो ।

गत मंगलवार विद्यालयबाट घर फर्कने क्रममा बालकलाई खोलाले बगाएको थाहा पाए लगत्तै स्थानीयको सहयोगमा उद्धार गरि अस्पताल ल्याउदा मृत्यु भइसकेको थियो । सुनिल स्थानीय ग्रिनल्याण्ड विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए ।

प्रतिक्रिया