समस्या समाधान निम्ति प्रतिवद्धता

समस्या समाधान निम्ति प्रतिवद्धता

दैलेख – डुङ्गेश्वर गाउँपालिका र सरोकारवाला निकायले गाउँपालिका स्तरका कृषि, स्वास्थ्य र शिक्षा सम्बन्धी सवाललाई आपसी सहकार्यमा समाधान गर्ने भएका छन् । डुङ्गेश्वरमा भएको २ दिने अभिमुखीकरण कार्यक्रमको शनिवार समापन गर्दै सो प्रतिवद्धता जनाएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा भएको मानवअधिकार निगरानी समूह, निर्वाचित जनप्रतिनिधि र सरोकारवाला निकायहरुको सहभागित रहेको कार्यक्रममा प्रतिवद्धता जनाइएको हो ।
गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, जिल्ला समन्वय समितिका सदस्य बालकृष्ण केसी र इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले इएलपी कार्यक्रमको कार्यक्षेत्र डुङ्गेश्वर गाउँपालिका वडा नंं. १ बेलपाटा र वडा नं. ६ डुङ्गेश्वरमा गठित मानवअधिकार निगरानी समूहले पैरवी गर्ने सवालहरु समाधानमा सघाउने उल्लेख गरिएको छ ।
सचाईको सुविधा, तालिम र प्राविधिक अभिमुखीकरण, कृषि उत्पादनहरुको बजार व्यवस्था, बजारमा म्याद नाघेका बस्तु बिक्री वितरण नियमन निकायको अनुगमन अभाव, विद्यालयमा शिक्षक दरबन्दी, कम्प्यूटरको अभ्यास बढाउन, बालमैत्री शिक्षण सिकाई, स्वास्थ्य संस्थामा सरकारले निःशुल्क दिने भनिएका औषधिको उपलब्धता लगायतका समस्या रहेको अभिमुखीकरणकै क्रममा स्थानीय समस्या पहिचान गरिएका छन् ।
उल्लेखित समस्याहरु गाउँपालिका र वडा कार्यालयले समाधान गर्न सक्ने हकमा एक वर्षभित्र आफैले समस्या समाधान गर्ने र अरु निकायहरुको पहल कदमीमा गर्नुपर्ने समस्याहरु मानवअधिकार समूहले पैरवी गर्ने काममा स्थानीय तहले सहयोग गर्ने सहमत छौ ।
तालिममा डुंगेश्व गाउँपालिका १ र ६ नम्वर वडाका नवनिर्वाचित जनप्रतिनिधिहरु, ती दुई वटा वडामा गठित मानवअधिकार निगरानी समूहका सदस्यहरु र सरोकारवाला समेत २५ जना महिला सहित ३९ जनाको सहभागिता थियो ।
इएलपी कार्यक्रमले पैरवी गर्दै आएको विषय शिक्षा, स्वास्थ्य र कृषि अधिकार विषयमाका विविध पाटापक्षहरुमा गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा, जिल्ला समन्वय समितिका सदस्य बालकृष्ण केसी, अधिवक्ताहरु सुरेन्द्र अधिकारी, यामराज थापा लगायतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया