सामाजिक नेता बन्ने सपना !

सामाजिक नेता बन्ने सपना !

क्याप्सनःगाउँपालिका स्तरिय बाल क्लबले आयोजना गरेको एक कार्यक्रममा पुरस्कार वितरण गर्दै याम बहादुर विक ।

हिक्मत बहादुर नेपाली
दैलेख– यहाँको दक्षिणी भेगमा पर्ने गुराँस गाउपालिका ३ का याम बहादुर विक अहिले जिल्ला बाल सञ्जालको नेतृत्व गरिरहेका छन् । उनलाई बालबालिकाका नेता भन्दा पनि फरक पर्दैन् । २०७४ मा कक्षा १० मा पद्दै गर्दा उनलाई जिल्ला बाल संजालको अध्यक्ष हुने अवसर प्राप्त भएको थियो । उनलाई जिल्लाका सबै बालबालिकाहरुको अधिकार प्राप्त गर्नका लागि काम गर्ने अबसर एकातिर थियो भने अर्कोतिर चुनौतीहरु पनि उत्तिकै थिए ।
उनि आफै पनि विपन्न परिवारको बालक हुन् ।

त्यसैले पनि परिवार र सामाजिक संरचना भन्दा बाहिर आएर बालक्लवको नेतृत्व गर्नु उनका लागि सानो चुनौती थिएन । एकातिर आर्थीक अभाव थियो भने अर्काेतिर सामाजिक विभेदहरु थुप्रै थिए । विभिन्न आरोह अवरोह झेल्दै आएका यामबहादुरले चुनौतिहरुको सामाना गर्दै अगाडी बढिरहे । जसले गर्दा उनलाई जिल्ला बाल सञ्जालको नेतृत्व गर्ने अवसर पनि प्राप्त भएको थियो । उनी बालक्लवका नेता मात्रै नभएर एक राम्रो चित्रकार पनि हुन । उनले बनाएको चित्र टिडिएच जर्मनी नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले आफ्नो कार्यक्षेत्रका बालबालिकाको लागि आयोजना गरेको चित्रकला प्रतियोगिताको पहिलो चरणमा छनोट गरेको थियो ।
उनी सामान्य परिवारमा जन्मिएको बालक हुन् । अपरिचत व्यक्ति देख्दा डराउने यामबहादुरलाई बालक्लवको नेतृत्व गरि बालबालिकाको नेता बन्ने उत्साह जाग्यो र उनि नेतृत्व लिन अग्रसर भए । उनले नेतृत्व गरेको बाल बालक्लवले सामाजिक विकृतिका विरुद्ध आवाज उठाउदै आएको छ । बालक्लवले बाल अधिकार संरक्षण र बाल अधिकार शासनका विषयमा बाल क्लवमा आवद्ध बालबालिकाको क्षमता विकासमा सहयोग गरेको छ ।
जिल्ला बाल सञ्जालको अध्यक्ष हँुदा उनले बालबालिकाको हितका लागि दर्जनौ कामहरु गरेका छन् । उनको मुख्य रोजाई हो, बाल विवाहलाई न्यूनिकरण गर्नु ! “बालविवाहले सामाजिक विकृति निम्त्याएको छ, अध्ययन पुरा गर्न नसक्नु, कलिलो उमेरमा बच्चा जन्माउनले महिलाको स्वास्थ्य कमजोर हुनु र सम्बन्ध विच्छेद जस्ता घटना बालविवाहले गर्दा नै भएको छ, याम बहादुरले भन्नुभयो ।”

समाजमा भएका यस्तै विकृतिलाई देख्दा आफुलाई बालक्लवको नेतृत्व गर्ने इच्छा जागेको हो । बालबालिकालाई अब अधिकार मात्रै होइन् लागु औषधको प्रयोग र दुव्र्यवहारबाट जोगाउनु पर्छ, उहाँले भन्नुभयो । नेता र नेतृत्व भन्ने वित्तिकै जो सुकैले पनि राजनीतिक दलमा आवद्ध व्यक्ति या उसको नेतृत्वलाई बुझ्ने गर्दछन्, तर समाजमा राजनितिक दलसँग आवद्ध भएर मात्रै नेता र नेतृत्व बन्ने होइन्, याम बहादुरले भन्नुभयो । परम्परागत रुपमा चलि आएका सामाजिक संरचना र विभेदबाट मुक्ति दिलाउदै त्यस्ता विपन्न समुदायका महिला तथा बालबालिकाको हक, हित र क्षमता विकासका लागि काम गर्ने व्यक्ति पनि सामाजिक नेता हुन सक्ने उहाँको बुझाई छ ।
विज्ञान र प्रविधिको उच्चतम प्रयोगले बालबालिकामा परेको प्रभावलाई न्यूनिकरण नगर्ने हो भने अबको पुस्ता अझै जोखिममा पर्ने याम बहादुर बताउनुभयो । पढाईमा पनि त्यत्तिकै अब्बल यामबहादुरले भने “अब बालबालिकाको मात्रै नेता नभएर उच्च शिक्षा अध्ययन गरि सामाजिक नेता बन्ने सपना छ ।”

 

प्रतिक्रिया