दुल्लु अस्पताललाई सुद्धिढीकरण गर्न छलफल

दुल्लु अस्पताललाई सुद्धिढीकरण गर्न छलफल

हिक्मत बहादुर नेपाली
दुल्लु, दैलेख
स्वास्थ्यकर्मी अभाव, औषधी अभाव, खानेपानीको अभाव लगाएतका थुप्रै समस्याहरु झेल्दै आएको दुल्लु अस्पतालको व्यवस्थापनमा सुद्धिढीकरण गरिने भएको छ । दुल्लू नगरपालिकामा रहेको एक मात्र अस्पताल दुल्लू अस्पतालको व्यवस्थापन सुद्धिढीकरणका लागि सरोकारवालाहरुसंग छलफल समेत गरिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य विभाग र दुल्लू अस्पतालको आयोजनामा अस्पतालको वर्तमान अवस्था र सेवा प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा निक साईमन इन्च्यिुटले १५ शैया भन्दा माथिका अस्पतालमा गरेको सहयोगको बारेमा निक साईमन इन्च्यिुटका प्रतिनिधी जर्नाधन पाठकले जानकारी गराउनुभएको थियो । उहाँका अनुसार अस्पताल सुद्धिढीकरणको लागि ३ सय ५० पुणाङ्कमा मुल्याङ्कन गर्ने गरिएको छ । जसमा दुल्लू अस्पतालले ६५ प्रतिशत अंक प्राप्त गरेको इन्च्यिुटका प्रतिनिधी पाठकले जानकारी दिनुभयो ।

अस्पताललाई अस्पताल जस्तो बनाउनको लागि न्युनतम मापदण्ड मापन गरेको थियो । जसमा ११ भागमा अस्पतालमा भएको कर्मचारीको विवरण र १५ भागमा अस्पतालमा भएको समाग्रीहरुको विवरणलाई आधार मानेर मुल्याङ्कन गर्ने गरेको छ । अस्पताल सुद्धिढीकरणको लागि दुल्लू अस्पताललाई हरेक बर्ष रु ५ लाख सहयोग गर्दै आएको इन्च्यिुटका पाठकले जानकारी दिनुभयो ।कार्यक्रममा कणाली प्रदेश स्वास्थ्य विभाग सुर्खेतका प्रमुख गोकर्ण गिरीले अस्पताललाई व्यवस्थित र सुन्दुर बनाउनको लागि गुरु योजना बनाएर अघि बढ्न आाग्रह गर्नुभयो । उहाँले दुल्लू अस्पतालमा नियमित डाक्टर बस्ने वातावरण मिलाउन आग्रह गर्नुभयो ।

ओपीडी र इमेरजेन्सी नजिकै शौचालयको व्यवस्थापन, बिरामी मैत्री भवनको संरचना, शुद्ध खानेपानीको, आवश्यक स्वास्थ्यकर्मीको र सुरक्षाको व्यवस्थापन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मातृका प्रसाद रिजालले प्रदेश सरकारले निति नवनाउँदा काम गर्न अफ्टेरो भइरहेको गुनासो गर्नु भयो । कार्यक्रममा दुल्लू नगरपालिकाका कार्यवाहक नगरप्रमुख लाल बहादुर रावतले निक साईमन इन्च्यिुटले निर्धारण गरेको मापदण्ड अर्को ६ महिनामा पुरा गर्नको दुल्लु नगरपालिकाले पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया