स्रोत नखुलेको भारतीय रुपैयाँ सहित तीन जना पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित तीन जना पक्राउ


बाँके, २२ भदौ । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ स्थित सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका दैलेख ठाँटीकाध गाउँपालिका–३ बस्ने २४ वर्षीय प्रेम सिजापती, २१ वर्षीय देबेन्द्र सिजापती र राजबहादुर खत्रीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट भारतीय रुपैयाँ २ हजार दरका १ सय ४४ थान, ५ सय दरका २० थान र २ सय दरका १ सय थान गरी ३ लाख १८ हजार रुपैयाँ सहित बिहीबार पक्राउ गरेको हो ।उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया