महिला हिंसा बिरुद्ध किशोर किशोरी

महिला हिंसा बिरुद्ध किशोर किशोरी

हिमालय मावि डाँडीमाडीका प्रधानाध्यापक बिशाखर रिजालले महिला हिंसा र सामाजिक कुसंस्कार हटाउन विद्यार्थीहरुको ठूलो भूमिका हुने बताएका छन् । दलित महिला संघ दैलेखको आयोजनामा डाँडीमाडीमा भएको महिला हिंसा रोकथाममा किशोर–किशोरीहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।
बाल क्लवका सचिव सिर्जना शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बालअधिकारका विभिन्न क्षेत्र, बालविवाह रोकथाम, यौनजन्य हिंसाबाट बालिकाहरुले जोगिने केही उपाय र किशोरहरुलाई नैतिक शिक्षा विषयमा कार्यक्रम केन्द्रित भएको थियो ।
त्यसैगरी विजया उच्च मावि दुल्लूमा भएको सोही विषयको अन्तरक्रिया कार्यक्रममा निमित्त प्रधानाध्यापक उपेन्द्र शाहले बालबालिकाहरु भविष्यका कर्णधार भएको कारण उज्ज्वल भविष्यका लागि सधैं सतमार्ग र रचनात्मक काममा जुट्नुपर्ने बताए । विजया बाल क्लवकी उपाध्यक्ष एलिना रिजालको अध्यक्षतामा भएको थियो । संकल्प नेपालको साझेदारीमा समता पहुँच र समता अधिकार कार्यक्रमले आयोजना गरेको हो ।

प्रतिक्रिया