महिला हिंसा अन्त्य गर्न तिज गित प्रतियोगीता

महिला हिंसा अन्त्य गर्न तिज गित प्रतियोगीता

कृष्ण प्रसाद अधिकारी
दुल्लु, भदौ २४- यहाँको दुल्लु नगरपालिका ४ स्थित शान्तिा बजारमा रहेको शान्ति श्रृजना आधारभुत विद्यालयमा महिला हिंसा र पुर्ण सरसपाई सम्बन्धि तिज गित प्रतियोगीता सम्पन्न भएको छ । दुल्लु नगरपालिका ४ को वडा स्तरिय महिला सञ्जालको आयोजना, दुल्लु नगरपालिका वडा न.४ को आर्थिक सहयोग र आवाज संस्थाको सहजिकरणमा प्रतियोगिता सम्पन्न भएको हो ।
वडा न ४ का ९ वटा आमा समुह र १ वटा बालसुलभ केन्द्रले भाग लिएको प्रतियोगितामा हरियाली आमा समुह प्रथम, देउती बालसुलभ केद्र द्धितिय, देउती आमा समुह तृतिय, टिमुर गाउँ आमा समुह र लालिगुराँस आमा समुह सान्तोना भएका छन् ।
प्रतियोगितामा सहभागिता जनाउने पिपलचाँखा आमा समुह, जनचेतना आमा समुह, पञ्चदेवल आमा समुह, तल्लो टोल आमा समुह र देउती विकास आमा समुह सबै लाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै दुल्लु नगरपालिका ४ का वडाअध्यक्ष भरत प्रसाद उपाध्यायले महिला हिंसा अन्यको लागि सबैले आ–आफ्नो तर्फबाट लाग्न सुझाव दिएका छन् । यस्तै वडा न.३ का वडा अध्यक्ष कलम बहादुर खनालले महिलाहरुमा भएको तथा हुने गरेका अनेकौ हिंसा लुकाएर नबस्न महिलाहरुलाई आग्रह गरे । कार्यक्रममा नगर प्रतिनिधि तुल्सीप्रसाद उपाध्याय, बिजया माबी दुल्लुका प्राचार्य केशब बहादुर भण्डारी, मस्टा नारायण आधारभुत बिद्यालयका प्राचार्य जनक कार्की, शान्ति श्रृजना आधारभुत विद्यालयका प्राचार्य पुर्ण खनाल लगाएतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया