दुल्लुमा बिपीको १०५ औँ जन्मजयन्ती
प्रविन शाही
दुल्लु, दैलेख– नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्ती आइतवार दैलेखको दुल्लुमा पनि मनाइएको छ । जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसिल बिपीको राजनैतिक विचारधारा र समसामयिक राजनीतिक अवस्थाको चित्रण गर्दै आगामी दिनमा काँग्रेसले दिल भित्रैबाट बिपीको सपना साकार गर्ने बताए । बिपीको सिद्धान्तलाई व्यवहारमा लागु गर्न सकेमात्र काँग्रेस अघि बढ्न सक्ने सभापति विसीको भनाई छ ।
कार्यक्रममा दुल्लू नगरपालिकाका प्रमुख एंव नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति घनश्याम भण्डारीले अबका दिनमा काँग्रेसले बिपीका कुरालाई कुरा मात्र गरेर नहुने बताउदै व्यवहारमा उतार्नु पर्ने धारणा राखे । त्यस्तै नेपाली कांग्रेस दुल्लू नगरपालिकाका नगर सभापति टंक रिमालले बिपीको सिद्धान्तलाई आत्मसाथ गरि काँग्रेस हुनुमा आफुले गर्व महसुस गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु मात्रिका रिजाल, रत्न बहादुर शाही, उपसभापती भुपेन्द्रजँग महत, जिल्ला सचिव भुपेन्द्र शाही, डम्बर खडका, क्षेत्रीय सचिव नयाराम भण्डारी लाल बहादुर रावत, सुर्यब शाही, दीपक बिक, सुमीत्रा शाहा, नेविसंघ जिल्ला अध्यक्ष धिरेन्द्र सापकोटा लगायतका नेताहरुले विपिको विचार धाराहरुको चर्चा गरेका थिए ।
कार्यक्रममा भैरबी गाउँपालिका वडा नम्बर ७ वडा सदस्य बलबहादुर कठायतलाई सम्मान समेत गरिएको थियो । उनलाई गाउँपालिकामा सञ्चालनमा आएको विकासे रकमको २ लाख ५० हजार रुपैयाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा हिनामिना गर्न खोजेको भन्दै विरोध गरि रकम हिनममिना हुनबाट जोगाएको भन्दै सम्मान गरिएको हो ।
प्रतिक्रिया