दैलेख अस्पताल कर्णाली प्रदेशमै पहिलो

दैलेख अस्पताल कर्णाली प्रदेशमै पहिलो

भदौ २५, दैलेख
कर्णाली प्रदेशका १० जिल्लाका अस्पतालमा गरिएको न्यूनतम सेवा स्तरमा गरिएको सर्बेक्षणमा दैलेख जिल्ला अस्पताल ९१ प्रतिशत ल्याएर प्रथम भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको बिभिन्न सुचाङ्क पूरा गर्दै कर्णाली प्रदेशका १० जिल्लाका अस्पताल मध्ये दैलेख अस्पताल प्रथम भएको हो । कर्णाली प्रदेशका अस्पताल मध्ये जिल्ला अस्पताल सल्यान ७८ प्रतिशत ल्याएर दोस्रो भएको छ ।

आर्थीक बर्ष २०७०/०७१ देखि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या र निक्स सिमोन इन्सिच्युट र स्वास्थ्य विभाग र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रत्येक वर्ष गर्ने न्यूनतम सेवा स्तरका वारेमा सर्वेक्षण गर्दै आएको भएपनि पहिलो वर्ष ७० प्रतिशत ल्याएको अस्पतालले यो वर्ष ९१ प्रतिशत ल्याएर कर्णाली प्रदेशमै प्रथम भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा। निरन्जन पन्तले बताए ।

उनले स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षणमा सबै इन्डीकेटर पूरा गरेको भएपनि जिल्ला स्वास्थ्य कार्यलयमा बिभिन्न समस्या भएको बताए । उनले अहिले नौ तहको डाक्टर नहँुदा समस्या भएको भन्दै एक्लै प्रसुति सेवा देखि अन्य सेवा एक्लै दिनु परेको बताए । आगामी दिनमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि जिल्ला अस्पताल दैलेखले बिशेष कार्ययोजना बनाएर देशकै राम्रो अस्पतालका रुपमा विकास गर्न जिल्ला अस्पतालको कर्मचारी प्रशासन लाग्ने कार्यालयका नासु तिर्थ जिसीले बताए ।

प्रतिक्रिया