पूर्णसरसफाई उन्मुख वडा बनाउन छलफल

पूर्णसरसफाई उन्मुख वडा बनाउन छलफल

दुल्लु, २६ भदौ ।
जिल्लाको दुल्लु नगरपालिका वडा नं. २ लाई पूर्णसरसफाई उन्मुख वडा बनाउनका लागि सोमवार छलफल गरिएको छ । पूर्णसरसफाई का लागि पुरा गर्नुपर्न सूचकहरू बारे छलफल गरिएको छ । साथै सुरक्षित महिनावारी एवं बालविवाह रोकथामका निम्ति विभिन्न क्रियाकलापहरु संचालन गर्नेबारे पनि छलफल गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा सञ्चालीत एकिकृत जलस्रोत कार्यक्रमकी ललिता भण्डारीले बताउनुभयो।
वडा नं. २ लाई पूर्णसरसफाई युक्त घोषणा गर्नका लागि विभिन्न सूचकहरु पुरा गर्नुपर्नेबारे बैठकमा छलफल गरिएको थियो । साथै अब देखि महिनावारी भएको समयमा सुरक्षित ठाउँमा सुत्ने र पोषण युक्त खानाहरुरु दुध, दहि लगाएतका पोषणजन्य खानेकुराहरू थालनी गर्ने निर्णय गरिएको भण्डारीले बताउनुभयो ।
त्यसैगरी दुल्दु नगरपालिका २ भित्र कहिकतै बालविवाह हुन लागेको खण्डमा पहिलो चरणमा सम्झाई–बुझाई बाल विवाह रोक्ने र यदि अटेरी गरेको खण्डमा बालहेल्पलाईन १०९८ (दश नौ आठ) मा खबर गर्ने निणर्य गरिएको छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा सञ्चालीत एकिकृत जलस्रोत कार्यक्रमको आयोजनामा भएको बैठकमा महिला स्वास्थ्य स्वयम्सेविका,स्वास्थ्यकर्मी, शिक्षक, युवा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया