बाल हिंसा र बाल विवाह न्यूनिकरण गर्न तीज विशेष कार्यक्रम

बाल हिंसा र बाल विवाह न्यूनिकरण गर्न तीज विशेष कार्यक्रम

ठाटीकाँध २७ भदौ
यहाँको ठाटीकाँध गाउँपालिका वडा नं. ३ मा बाल हिंसा र बाल विवाह न्यूनिकरण सम्बन्धि तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अबसर पारि बाल हिंसा र बाल विवाह न्यूनिकरण सम्बन्धि तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो । तीज विशेष कार्यक्रममा सहभागि समूहरुले गित मार्फत बाल हिंसा र बाल विवाह रोक्न चेतनामुलक संदेश बोकेका गीतहरु प्रस्तुत गरेका थिए ।
बाल हिंसा र बाल विवाह न्युनिकरण सम्बन्धि तीज विशेष कार्यक्रममा ठाटीकाँध गाउँपालिकाका समुदाय स्तरका बालक्लबहरु सहभागि थिए । भवानी बाल क्लबको आयोजनामा भएको कार्यक्रमलाई सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख र सेभ चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा परियोनाले आर्थिक सहयोगमा गरेको सामाजिक परिचालक प्रेम विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया