बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग

बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग

काठमाडौँ, भदौ २८ गते ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग गर्नुभएको छ ।

बलात्कार र हत्या हिंसा गर्नेलाई कडाभन्दा कडा कारवाहीको दायरामा ल्याउन उहाँहरुले सरकारको ध्यानाकर्षण गराउँदै यसका लागि प्रहरी सङ्गठनभित्र नयाँ शाखा स्थापना गर्न सुझाव दिनुभयो । उहाँहरुले सिंहदरबार पश्चिम ढोकामाथि हरियाली छाएको व्यङ्ग्य गर्दै वैदेशिक रोजागारीलाई व्यवस्थित गर्न, निगगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न जमीन अधिग्रहण कार्य कहाँ पुग्यो ? भन्ने प्रश्न गर्नुभयो । सांसदहरुले महिलाको सुरक्षा बढाउन, प्रदेशका राजधानी तोक्न पनि सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसरी आफ्नो भनाइ राख्नुहुनेमा विन्दा पाण्डे, विमला विश्वकर्मा, विरोध खतिवडा, शेरबहादुर तामाङ, सरिताकुमारी गिरी, सरिता गिरी, सीतादेवी यादव, सुजाता कोइराला, सुजाता परियार, सञ्जयकुमार गौतम, ज्ञानकुमारी छन्त्याल, ज्ञानेन्द्रकुमार कार्कीलगायत हुनुहुन्थ्यो । (रासस)

प्रतिक्रिया