उमलाई पूर्ण सरसफाई उन्मुख घोषणा

उमलाई पूर्ण सरसफाई उन्मुख घोषणा

लाँकुरी, ३१ भदौ
यहाँको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरी (साविकको लाँकरी गाउँविकास समिति वडा नं. ६) उमलाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । आइतवार डुङ्गेश्वर गाउँपालिका वडा नं. २ उममा आयोजित एक कार्यक्रममा उक्त टोललाई सफा स्वच्छ र स्वस्थ घर तथा पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको हो ।

वडा स्तरिय खानेपानी सरसफाई स्वच्छता समन्वय समिति डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीको आयोजनामा उक्त टोललाई सफा स्वच्छ र स्वस्थ घर तथा पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको हो ।
डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्ने अभियान अन्तर्गत उम टोललाई सफा स्वच्छ र स्वस्थ घर तथा पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राजु कुमार खत्रीले जानकारी दिनुभयो ।

डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीलाई आगामी २ बर्ष भित्र पूर्ण सरसफाई युक्त वडा घोषणा गर्ने लक्ष लिएको वडा अध्यक्ष खत्रीको भनाई छ । सफा स्वच्छ र स्वस्थ घर तथा पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा,डुंगेश्वर गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञावली, डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष बम बहादुर विसी, महिला स्वास्थ्य स्वंयसेविका, विभिन्न संघ संस्थाका प्रतिनीधि, स्थानीय बासी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया