नेपाली हाते कागज उद्योग बन्द

नेपाली हाते कागज उद्योग बन्द

-ज्वाला संदेश –
गुरासँ असोज १ ।
यहाँको गुरासँ गाउँपालिका –७ ओखरेनीमा रहेको प्रेम नेपाली हाते कागज उद्योग बन्द भएको छ । गाउँपालिकाको एक मात्र उद्योग संचालनका लागि आर्थिक अभावका कारण उद्योग बन्द भएको हो । नेपाली हाते कागज बनाउनका लागि चाहिने कच्चा पदार्थको रुपमा रहेको लोक्ता प्रशस्त हुँदाहुँदै आर्थिक अभावमा कागज उद्योग बन्द भएको छ ।

प्रेम नेपाली हाते कागज उद्योगका सञ्चालक प्रेम बहादुर रामजालीले आर्थिक अभावका कारण केही बर्षदेखि उद्योग बन्द गर्नुपरेको बताउनुभयो ।
२०४९ सालमा दर्ता भई संचालनमा आएको उक्त उद्योग १० वर्षे शसस्त्र द्वन्द्वको कारण बन्द भएको थियो । ‘अहिले उद्योगलाई संचालनमा ल्याउने सोच बनाएको छु, तर आर्थिक अभावका कारण उद्योग संचालन गर्न सकेको छैन्, संचालक राजमालीले भन्नुभयो ।’
यस्ता उद्योग संचालनका लागि बैंकहरुले लगानी गर्ने सुनेर धेरै ठाउँ धाँए, म पुगेका ठाउँमा जग्गाको लालपूर्जा देखाउदा समेत लोनको व्यवस्था भएन्, उहाँले भन्नुभयो । ‘मैले नेपाली कागज उद्योग पुनःसंचालनको लागि लोन लिन बैंक मात्र नभई कृषि विकास कार्यालयमा सम्म पुगे, तर मलाई लोन दिइएन ।’ उनले थपे ‘अहिले पनि उद्योग बन्द छ तर मैले दर्ता नविकरण गरिरहेको छु, र कर पनि तिरिरहेको छु ।’

उहाँले भन्नुभयो । नेपाली हाते कागज उद्योग संचालन गर्न २० लाख रकम आवश्यक रहेको उहाँले बताउनुभयो ।
उक्त उद्योग संचालन भएको समयमा स्थानीय १६ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । उद्योगनै बन्द भएपछि आफुहरु वेरोजगार बस्नुपरेको त्यसबेला उद्योगमा काम गर्दैै आएका रत्न बहादुर घर्तीले बताउनुभयो । गाउँपालिकाको एममात्र उद्योग भएपनि उद्योग पुःन संचालनको लागि गाउँपालिकाले कुनै पनि पहल नगरेको संचालक रामजालीले गुनासो गर्नुभयो ।

प्रतिक्रिया