स्मृती दिवस मनाइयो

स्मृती दिवस मनाइयो

दुल्लु असोज १२ ।
नेपाली काँग्रेसका तत्कालीन क्षेत्रीय सभापति शहिद पूर्ण बहादुर भण्डारीको १६ औँ स्मृती दिवस मनाइएको छ । नेपाली काँग्रेस दुल्लू नगर कार्यसमितिको आयोजनामा बालेश्वरमा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको छ ।
दिवसका अवसरमा कर्णाली प्रदेशका सांसद हिम बहादुर शाहीले नेपाली काँग्रेसका नेता कार्यकर्ता विश्राम रहित भएर संगठन विस्तारमा लाग्न आग्रह गरे । उनले दैलेखको नेपाली काँग्रेसका तत्कालीन नेता भद्र बहादुर शाही र पुर्ण वहादुर भण्डारीको अभाव रहेको बताए । शाहीले सम्पूर्ण नेताकार्यकर्ताहरुले निर्वाचनको निरासालाई किनारा लगाएर सहासका साथ लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको संरक्षण र नेपाली जनताको समृद्धीका लागि यात्रा तय गर्न आग्रह गरे ।

कार्यक्रममा दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले शहीद पूर्ण बहादुर भण्डारीले देखाएको बाटोमा अगाडी बढ्न तयार रहेको बताउ । उनले दुल्लूको विकासको लागि अबको केही दिनमा अप्टिकल फाइवर विच्छाउने काम सुरु हुने जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य किरण भण्डारी, नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखका अध्यक्ष सीता राना, महाधिवेशन प्रतिनिधि सुमित्रा शाह, आग्ने सार्की, पुर्व महाधिवेशन प्रतिनिधी राजेश शाही, केशव भण्डारी लगाएतले शहिद भण्डारीको योगदानको बारेमा चर्चा गरेका थिए ।
नेपाली काँग्रेस दुल्लू नगर कार्य समितिका सभापति टंक रिमालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन दुल्लू नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष लाल बहादुर रावतले गरेका थिए । कार्यक्रममा भण्डारीको शालिकमा पुष्पगुच्छा सहित श्रदाञ्जली अर्पण गरिएको थियो ।

प्रतिक्रिया