दुल्लुमा भलिबल प्रतियोगिताको रौनक

दुल्लुमा भलिबल प्रतियोगिताको रौनक

प्रविण शाही
दुल्लु असोज १५
दुल्लुमा जारि भलिबल प्रतियोगिताको रौनक बढेको छ । शहिद पुर्ण स्मृती प्रतिष्ठानको आयोजनामा भएको अन्तरपालिका भलिबल प्रतियोगीताको दोस्रो दिनको खेलमा रौनकता छाएको छ ।
पहिलो खेल दुल्लु नगरपालिका र भगवतीमाई गाउँपालिका विच भएको थियो । उक्त खेलमा ७ अंकले भगवतीमाई गाउँपालिकाले दुल्लु नगरपालिका लाई पराजित गरेको थियो ।
त्यस्तै दोस्रो खेलमा डुङ्गेश्वर गाउँपालिका र महावु गाउँपालिका विच प्रतिशपर्धा भएको थियो । उक्त खेलमा डुङ्गेश्वर गाउँपालिकाको टिम विजयी भएको थियो । प्रतियोगिताको तेस्रो खेल चामुण्डाविन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिका विच भएकोमा चामुण्डा विजयी भएको छ । ठाटिकाधँ गाउँपालिका र गुराँस गाउँपालिका विच भएको खेलमा गुराँस विजयी भएको छ ।
आठबिस नगर र भैरवि गाउँपालिकाको खेलमा आठबिसले जित हात पार्याे । ठाटिकाँध र गुराँस गाउँपालिकाको खेलमा ठाटिकाँध पराजित भएर खेलबाट बाहिरिएको छ । डुङ्गेश्वर गाउपालिका वि–पुलको दाबेदार बनेको छ ।
भगवतिमाई गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिका विच भएको अर्को खेलमा चामुण्डाविन्द्रासैनी नगरपालिकाले विजयी भएको छ । त्यस्तै दुल्लु र आठविसको खेलमा आठबिसले जित हात पा¥यो ।
पछिल्लो खेलमा आठबिस नगरपालिका भगवतीमाई गाउँपालिकालाई पछी पार्दै अन्तिम चरणमा दावेदार बनेको छ । त्यस्तै चामुन्डाविन्द्रासैनी नगरपालिकाले गुराँस गाउँपालिकालाई हराउदै अन्तिम चरणको लागी दाबेदार बनेको छ । प्रतियोगिताको अन्तिम दिन भाली भव्य र सव्य रुपमा खेल संचालन गरिने पुर्ण स्मृती प्रतिष्ठानका अध्यक्ष रत्न बहादुर शाही जानकारी दिए ।

प्रतिक्रिया