चार्डपर्वलाई लक्षित गर्दै नागरिक सहायता कक्ष स्थापना

चार्डपर्वलाई लक्षित गर्दै नागरिक सहायता कक्ष स्थापना

हिक्मत नेपाली
दैलेख असोज १६ ।

जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले चाडपर्वलाई लक्षित गर्दै सदरमुकाममा नागरिक सहायता कक्षको स्थापना गरेको छ । चार्डपर्वका बेला सवारीसंग सम्बन्धित उजुरी बढ्न सक्ने भन्दै उक्त सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रहरी सहायक निरिक्षक प्रताप केसीले चाडपर्वको बेलामा हुन सक्ने आपराधिक र सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्धेश्यका साथ सहायता कक्ष स्थापना गरेको जानकारी दिए । चाडपर्वको समयमा बिभिन्न तरिकाले यात्रुहरु ठगिने गरेको भन्दै त्यस्तो हुन नदिनको लागि कक्ष स्थापना गरिएको उनले सुनाए ।

उनका अनुसार यातायात व्यवसायीले क्षमता भन्दा बढी यात्रु राखे वा नराखेको र तोकिएको भन्दा बढी भाडा अशुल गरे वा नगरेको बिषयलाई मुख्य रुपमा अनुगमन गरिनेछ । उनले भने, “यात्रुहरुले यात्राका क्रममा कुनै पनि गुनासो गर्नुपर्ने भएमा तुरुन्त यो कक्षमा सम्पर्क राख्न सक्नुहुनेछ, यातायात व्यवसायीले यात्रुसंग बढी भाडा लिने,बढी यात्री र सामान राख्ने लगायतका गल्ती गरेको पाईएमा कारबाही हुन्छ ।”

दैलेखमा राखिएको नागरिक सहायता कक्षले दैलेख देखि सुर्खेत, नेपालजंग, काठमाण्डौ र अन्य जिल्लाबाट दैलेख भित्रिने यात्रीलाई सहयोग पु¥याउनेछ । यात्रा गर्ने क्रममा नागरिकले सवारीका संचालकहरुबाट गरिएका लापरबाही सहित यात्राका क्रममा हुन सक्ने चोरी, लुटपाट, दुव्र्यवहार, ठगी लगायतका बिषयमा पनि उजुरी गर्न सक्नेछन् । नागरिक सहायता कक्ष स्थापनाका लागि दैलेखबाट संचालन हुने बुलबुले यातायात प्रा.लि.ले व्यवस्थापकिय सहयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रतिक्रिया