भलिबलको उपाधि डुङ्गेश्वरलाई

भलिबलको उपाधि डुङ्गेश्वरलाई

–ज्वाला संदेश–
दैलेख असोज १६
दैलेखको दुल्लुमा संचालन भएको अन्तर स्थानीय तह भलिबल प्रतियोगिताको उपाधि डुङ्गेश्वर गाउँपालिकाले हात पारेको छ । मंगलवार डुङ्गेश्वर गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिका विच भएको अन्तिम खेलमा डुङ्गेश्वर विजयी भएसंगै प्रतियोगिताको उपाधि डुङ्गेश्वर गाउँपालिकाले जितेको हो । प्रतियोगितामा चामुण्डाविन्द्रासैनी नगरपालिकाले दोस्रो भएको छ । यस्तै आठबिस नगरपालिका तेस्रो भएको छ गुरासँ गाउँपालिका सान्तोना भएको छ ।

प्रतियोगितामा प्रथम हुने डुङ्गेश्वर गाउँपालिकाले ५० हजार रुपैयाँ हात पारेको छ । यस्तै दोस्रो हुने चामुण्डा नगरले ३० हजार र आठवीस नगरपालिकाले २०हजार सहित मायाको चिनो र सम्मान पत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहभागि सबै टिमलाई मायाको चिनो स्वरुप सम्मान पत्र ग्रहण गरिएको छ । प्रतियोगितामा उत्कृष्ठ खेलाडीको पुरस्कार आठबिस नगरपालीकामा इन्द्र बहादुर शाहीले प्राप्त गरे ।
शहिद पुर्ण स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगीता जिल्लाका ११ वटै स्थानिय तह मध्ये ९ वटा तहका समुह सहभागि थिए । प्रतियोगिता समापन कार्यक्रममा बोल्दै दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले खेलकुदल देश र राष्ट्रका लागि महत्वपूर्ण योगदान प्रदान गरेको बताए । खेलाडी राष्ट्रका गहना हुन्, खेलाडीहरुको मनोवल उच्च राख्न आगामी बर्ष पनि भलिबल प्रतियोगिता आयोजना गरिनेछ, प्रमुख भण्डारीले भने
स्मृति प्रतिष्ठानका अध्यक्ष रत्न बहादर शाहीले खेलाडीहरुले मुलुकको शिर उच्च राख्न योगदान पु¥याउदै आएको बताए ।  जिल्ला खेल्कुद विकास समिति दैलेखका अध्यक्ष दिपक सिजापतीले पछिल्लो समय दैलेखको खेल क्षेत्रको विकास तिब्र गतिमा भइरहेको बताए ।

प्रतिक्रिया