दिगो बिकासका लागी राष्ट्रिय युवा सम्मेलन

दिगो बिकासका लागी राष्ट्रिय युवा सम्मेलन

सुर्खेत, १७ असोज, आज देखि राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ । कर्णाली प्रदेशको सुर्खेतको गोठीकाँडामा मिति २०७५ असोज १७ गते देखि सुरु भएको सम्मेलन असोज १९ गते सम्म संचालन हुनेछ । सम्मेलनमा करिव ४० जना युवाहरुको सहभागिता रहेको कार्यक्रममा भरतको उत्तर प्रदेश, दिल्लीवाट पनि युवाहरुको सहभागिता छ ।

जुम्ला र हुम्लाका युवाहरुले ल्याएको स्याउ र अल्लो प्रदर्शनमा राखिएको थियो । सम्मेलनको उद्धघाटन चरणमा राष्ट्रिय गान, प्रमुख अतिथी कर्णाली प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री माननिय प्रकाश ज्वालाद्वारा गमलामा पानी हालेर उद्घघाटन गर्नु भयो । कार्यक्रममा अतिथीहरुको मन्तव्य संगै गित र नाटक पनि प्रस्तुत गरिएको थियो । सम्मेलनको प्रमुख अतिथि कर्णाली प्रदेशका अर्थीक मामिला तथा योजना मन्त्री माननिय प्रकाश ज्वालाले नेपालका सातै प्रदेशका युवाहरूलाई दिगो बिकासका लक्ष्यहरु प्राप्तिको लागि के कस्ता कार्यविधि अपनाउन सकिन्छ र युवाहरूलाई कसरि सहि ठाँउमा सदुपयोग गर्न सकिन्छ भन्ने चिन्ता रहेको वताउनु भयो । उहाँले थप्नु भयो “युवाहरुको स्थानीय तह देखि संघसम्मको सबै दायित्व रहेको भन्दै दिगो बिकासका लक्ष्यहरु प्राप्तिका लागि कर्णाली प्रदेशमा धेरै सम्भावना रहेकोछ ।”

कार्यक्रममा कर्णाली प्रदेशका माननिय सदस्य कुर्म बहादुर शाहीले कर्णाली प्रदेश देश कै स्वर्ग हो, सबै कुराहरु को सम्भावना बोकेको एक मात्र प्रदेश कर्णाली हो । आफु पनी कर्णाली प्रदेशको सदस्य भएको ले यस प्रदेशमा दिगो बिकासका लक्ष्यहरु प्राप्तिको लागि मरिमेटि लाग्ने प्रतिबद्धता देखाउनु भएको थियो । अन्त्यमा सम्मेलनका सभापति दीलिप शाहीले आफ्नो भनाइ सहित पहिलो चरणको कार्यक्रमलाई समापन गर्नु भएको थियो ।

प्रतिक्रिया