निर्मला पन्त प्रकरण : मामा र सेनालाई पनि अनुसन्धानमा ल्याउन माग

निर्मला पन्त प्रकरण : मामा र सेनालाई पनि अनुसन्धानमा ल्याउन माग

काठमाडौँ, १९ असोज ।नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र दिदी बबितासँगै निर्मलाका मामा तीर्थराज र नजिकै रहेको सेनाको ब्यारेकलाई घटनाबारे जानकारी रहेको दाबी गरेको हो ।

मामा र सेनाउपर ठोस र प्रभावकारी अनुसन्धान नभएको संगठनन जनाएको छ । संगठनले घटनाको प्रमाणहरु नष्ट गरिएको निर्दोषलाई यातना दिइएको र घटनाको अनुसन्धान दबाउन प्रहरी प्रशासन नै लागिपरेको निष्कर्ष समेत निकालेको छ ।

प्रतिक्रिया