दैलेख केन्द्र बनाएर तीन पटकसम्म भूकम्पको झड्का

दैलेख केन्द्र बनाएर तीन पटकसम्म भूकम्पको झड्का

असोज १९,  दैलेख

यहाँकाे नारायण नगरपालिका-१० भवानीलाई केन्द्रबिन्दु बनाएर लगातार तीन पटक सम्म भूकम्प गएको छ। दिउँसो ११ बजेर ५५ मिनेट जाँदा पहिलो, १२:५३ जाँदा दोस्रो र १ बजे तेस्रोपटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

दैलेखको भवानी भन्ने स्थानलाई केन्द्र बनाएर ४.० रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार पछि ३.५ रेक्टर स्केलको पराकम्पको पनि रेकर्ड भएको छ।

दैलेखबाट सुर्खेत नजिकै भएकाले भूकम्पको धक्का अनुभव बढी भएको बस्नेतले जानकारी दिए। भूकम्पको धक्का दैलेखका साथै सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको छ। यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया