बाल विवाह रोक्ने अभियानमा आमा समुह

बाल विवाह रोक्ने अभियानमा आमा समुह


दैलेख – यहाँको दुल्लु नगरपालिका ४ मा रहेको आमा समुह बाल विवाह रोक्ने अभियानमा लागी परेको छ । वडा भित्र हुने बाल विवाह रोक्नका लागि आमा समूहले विभिन्न अभियानहरु संचालन गर्ने भएको छ ।

वडा भित्र कतिकतै बाल विवाह हुन लागेको स्थानीय हरियाली स्वास्थ्य आमा समूहका पदाधिकारीहरुले सम्झाई बुझाई बाल विवाह रोक्ने प्रयास गर्ने र यहि अटेरी गरेमा जिल्लामा संचालित बाल हेल्पलाइन १०९८ (दश नौ आठी मा खबर गर्ने भएका छन् । यस्तो कार्य गर्र्नुका साथ साथै लागि सोहि वडालाई पूर्ण सरसफाई उन्मुख नमूना वडा बनाउन पूर्ण सरसफाई स्वच्छता कक्षा समेत संचालन भएको छ ।
कक्षामा पूर्णसरसफाई उन्मुख वडा बनाउन लागि पूर्णसरसफाईका सूचकहरू पूरा गर्ने बारेमा छलफल गरिएको थियो । त्यसका साथै सुरक्षित महिनावारी लगाएतका विषयमा छलफल गरिएको थियो ।
पूर्णसरसफाईका सूचकहरू पुरा गर्नुका साथै शान्ति बजार दुल्लु नगरपालिका बजार क्षेत्र भएकोले सुरक्षित महिनावारीमा बिषेश ध्यान दिनेबारे स्थानीय महिलाहरुलाई जानकारी गराइएको छ ।

साथै महिनावारी भएको समयमा सुरक्षित ठाउँमा सुत्ने र पोषण युक्त खानामा ध्यान दिनुपर्ने विषयमा छलपल गरिएको थियो ।सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको द्धारा सञ्चालित एकीकृत जलस्रोत ब्यवस्थापन कार्यक्रम द्धारा संचालित कक्षामा महिला स्वास्थ्य स्वय सेविका, शिक्षक, किशोर किशारीहरु सहभागि थिए । कक्षामा यस्ता खाले कार्यक्रमलाई निरन्तर एव सहज रूपमा संचालन गर्नका लागि रमा थापाको अध्यक्षतामा पूर्णसरसफाई समिति समेत गठन भएको छ ।

प्रतिक्रिया