मदिरा र लागु औषधले अपराध बढायो-गृहमन्त्री थापा

मदिरा र लागु औषधले अपराध बढायो-गृहमन्त्री थापा

 

दैलेख असोज २३ ।
गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागु औषध देश विकासको बाधक भएको बताउनुभएको छ । कर्णाली प्रदेशका १० जिल्ला मध्ये दैलेखबाट सुरु गरिएको स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणको अभियान अन्तरगत गृह मन्त्रालयद्धारा आज दैलेखमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । लागु औषध निशेष, मदिरा नियन्त्रण र महिला तथा बालबालिका माथी हुने हिंसा न्यूनिकरण सम्बन्धि गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै गृहमन्त्री थापाले भन्नुभयो ‘मदिरा र लागु औषधले महिला हिंसा, बलात्कार बालबालिका माथी हुने हिंसा बढाएको छ ।’
अनियन्त्रीत मदिरा सेवनले नेपालमा धेरै नागरिकहरुलाई रोगी बनाएको बताउदै गृहमन्त्री थापाले रोगबाट ग्रस्त व्यक्तिले मुलुक समृद्ध बनाउने अभियानमा योगदान दिन नसक्ने धारणा राख्नुभयो । उहाँले सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने सरकारको अभियानलाई अनियन्त्रीत मदिराले प्रत्यक्ष प्रभाव पारिरहेको बताउनुभयो । लागु औषध विषेध र मदिरा नियन्त्रण सरकारको एक्लो प्रयासले नसक्ने भन्दै गृहमन्त्री थापाले सरकार र आम जनता मिलेर मदिरा नियन्त्रण र लागु औषध निशेष गर्न सकिने धारणा राख्नुभयो ।
अत्याधिक मदिरा सेवन र लागु औषध दुव्र्यसनिले चेलीहरु बलात्कृत भएको छन्, महिला र बालबालिका हिंसामा परेका छन्, गृहमन्त्री थापाले भन्नुभयो “समग्रमा मदिरा र लागु औषधले अपराध बढाएको छ ।’
मुलुकलाई विकासको बाटोमा अगाडी बढाउनु अहिलेको आवश्यकता हो, गृहमन्त्री थापाले भन्नुभयो ‘जड्याहरुले देश विकास गर्न सक्दैनन् ।’ दुःध खाने बच्चाले पनि मदिरा खान थालेका छन्, मदिरा नियन्त्रणका लागि स्थानीय तहहरुले नीति बनाएर कार्यान्वयन गर्नुपर्छ, उहाँले भन्नुभयो । स्थानीय तहका वडा तह देखि नै नीति बनाएर वडा तहमा मदिरा विक्री वितरणका लागि निश्चित स्थान तोक्नुपर्ने उहाँको भनाई छ । २० बर्ष नपुगेकालाई मदिरा विक्री वितरण गर्न रोकेर मदिरा सेवन गर्न तिनपुस्ते विवरण तयार गरि कडाई गर्नुपर्ने गृहमन्त्री थापाको भनाई छ । उहाँले नेपालका विभिन्न संचार माध्ययममा मदिरा विक्री वितरणको विज्ञापन बन्द गर्नुपर्ने धारणा राख्नुभयो ।
अर्को प्रशंगमा गृहमन्त्री थापाले मदिरा नियन्त्रणका लागि विगतको जनआन्दोलन जस्तै आन्दोलनको आवश्यकता औल्याउनुभयो । जड्याहरु देश विकासको बाधक हुन्, उहाँले भन्नुभयो ‘लागु औषध कारोबार गर्नेलाई सखाप पार्छौ ।’ अपराध विरुद्ध जागरण ल्याउनुपर्ने बताउदै गृहमन्त्री थापाले गृहमन्त्रालयले थालनी गरेको यस अभियानलाई टोल टोलबाट समुदायको सहभागितामा आन्दोलनकै रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो ।
सोहि अबसरमा कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशलाई कर्णालीकै नागरिकहरुले विकासको बाटोमा अगाडी बढाउनुपर्ने बताउनुहुँदै कर्णालीको परनिर्भरता रोक्नुपर्ने बताउनुभयो । लागु औषध निशेष, मदिरा नियन्त्रण र महिला तथा बालबालिका माथी हुने हिंसा न्यूनिकरण दैलेखबाट सुरु भएको बताउदै मुख्यमन्त्री शाहीले गृहमन्त्रालयको यो अभियानलाई सबैले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले कणाली गरिब हुनुका कारण खोजी गर्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले राजनीतिक आडमा अपराध गर्ने प्रवृति रोकिएको बताउदै राष्ट्र विखण्डनको अभिव्यक्ति दिदै हिड्ने जो कोही व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी कटिबद्ध रहेको बताउनुभयो । सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनालले सिमा क्षेत्रमा हुने अपराध रोक्न र सिमाको सुरक्षाका लागि सशस्त्र प्रहरी कटिबद्ध रहेको औल्याउनुभयो । दैलेखमा आयोजित कार्यक्रममा कर्णालीका आन्तरिक मामिला तथा काुनन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मी लगाएत सहभागि थिए ।

प्रतिक्रिया