सुर्खेतमा गाडी दुर्घटना, ३२ जना घाइते

सुर्खेतमा गाडी दुर्घटना, ३२ जना घाइते

सुर्खेत–सुर्खेतमा गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर–१३ स्थित धर्मशाला नजिकै बा ५ ख ६२०५ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना यात्रुहरु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक ‘डिएसपी’ प्रदिपबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । दुर्घटनाका घाईतेहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ र देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । ‘गाडी सडकदेखि करिव १५ मिटर तल खसेर दुर्घटनामा परेको हो’ उनले भने ‘गाडीका चालक फरार छन् । प्रहरीले खोजी गरिरहेको छ ।’

प्रतिक्रिया