दैलेखी युथ कपको पाँचौ संस्करण हुँदै

दैलेखी युथ कपको पाँचौ संस्करण हुँदै

यस बर्ष  ‘प्रती गोल भ्रष्टाचार विरुद्धको बोल, प्रती सट महिला हिंसा तथा बाल श्रम विरुद्ध खट’ को नारा

दैलेख कात्तिक ११ ।
साामाजिक रुपान्तरणको अभियानमा सक्रिय सम्पूर्ण दैलेखी यूवाहरुको साझा समुह दैलेखी युथले प्रत्येक बर्ष आयोजना गर्दै आएको दैलेखी युथ कप खेल महोत्सवको पाँचौ संस्कार भोली (सोमवार) देखि सुरु हुने भएको छ । दैलेखी युथले आइतवार रिपोर्टस क्लव दैलेखमा गरेको पत्रकार सम्मेलनमा भोली देखि खेल महोत्सब हुने जानकारी गराएको हो । दैलेखी युथले यस बर्षको महोत्सबको नारा ‘प्रती गोल भ्रष्टाचार विरुद्धको बोल, प्रती सट महिला हिंसा तथा बाल श्रम विरुद्ध खट’ तय गरेको छ । भोली देखि कात्तिक १६ गते सम्म संचालन हुने महोत्सवमा तिन खेल समावेश गरिने दैलेखी युथका अध्यक्ष प्रेमबहादुर शाहीले जानकारी दिए ।
दैलेखी युथ कप खेल महोत्सवमा फुटबल तर्फ प्रथम हुनेलाई १ लाख १० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने छ । भलिबल तर्फ प्रथम हुनेलाई ५० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई २५ हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने दैलेखी युथका अध्यक्ष प्रेमबहादुर शाहीले जानकारी दिए । यसैगरि व्याटमिन्टन तर्फ प्रथमलाई नगद २५ हजार र दोस्रो हुनेलाई १२ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहीले फुटबल मैदान विना प्रतियोगिता संचालन गर्न बाध्य भएको बताए । उनले हामीले २०७१ सालबाट निरन्तर दैलेखी युथ कप खेल महोत्सवको आयोजना गर्दै आएका छौ, पाँच बर्ष सम्म पनि फुटबल मैदान बन्न नसक्नु लज्जास्पद् भएको धारणा राखे ।
उनले दैलेखी युथ कप खेल महोत्सव आयोजना गर्दा आर्थीकको प्रमुख स्रोत टिम दर्ता भएको भन्दै दैलेखी युथका सदस्यहरुले समेत व्यक्तिगत रुपमा रकम संकलन गरेको बताए । उनले यस बर्ष महोत्सब आयोजना गर्दा जिल्लाका सबै स्थानीय तह र व्यक्तिगत रुपमा सहयोग माग्दा समेत सहयोग गर्न कसैले चासो नदिएको प्रति दुःख व्यक्त गरे । फुटबल मैदान निर्माणका लागि कसैले पनि चासो नदिएको दैलेखी युथका युवाहरुले गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा समाजमा रहेका यूवाहरुलाई खेलका माध्यमद्धारा सामाजिक सशक्तिकरणतर्फ उन्मुख गराईने दैलेखी युथका यूवाहरुले बताएका छन् ।

प्रतिक्रिया