बालबालिका जोखिममा छन् ? १०९८ मा खबर गर्नुहोस् !

बालबालिका जोखिममा छन् ? १०९८ मा खबर गर्नुहोस् !

दैलेख कात्तिक १३ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले जिल्लाका कुनै पनि स्थानमा बालबालिका जोखिममा रहेको भेट्टीए बाल हेल्पलाइन १०९८ ( दश नौ आठ) मा खबर गर्न आग्रह गर्नुभएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजना अन्तरगतका पारासामाजिक कार्यकर्ताहरुका लागि बार्षिक समिक्षा कार्यक्रमको समापन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।
जिल्लाका उच्च जोखिममा रहेका बालबालिकाहरुलाई सहयोग गर्न संस्था तयार रहेको बताउदै अध्यक्ष थापाले बास्तवमै उच्च जोखिममा रहेका बालबालिका भेट्टीए खबर गर्न आग्रह गर्नुभएको हो । परियोजना लागु भएकै क्षेत्रका उच्च जोखिममा रहेका बालबालिकाहरु छात्रबृति लगाएतका सहयोग पाउन छुटेको बताउदै उहाँले परियोजनाका पारासामाजिक कार्यकर्ताहरुले वास्तविक जोखिममा परेका बालबालिकाहरुको खोजी गर्नुपर्ने औल्याउनुभयो ।
जसले बाल हेल्पलाइन १०९८ ( दश नौ आठ) को घण्टी बजाउँछ, त्यसले सहयोगको अपेक्षा गरेको हुन्छ, उहाँले भन्नुभयो “जोखिममा रहेका बालबालिकाहरुको अवस्था जानकारी बाल हेल्पलाइन तथा संस्थासम्म आइपुगे जोखिमको प्रकृति विश्लेषण गरेर सहयोग गरिनेछ ।” उहाँले पारासामाजिक कार्यकर्ताहरुलाई जोखिममा रहेका बालबालिकाको घरदैलो सम्म पुगेर जोखिमको पहिचान गर्न आग्रह समेत गर्नुभयो ।
दुई दिने समिक्षा कार्यक्रमको समिक्षा कार्यक्रममा पारासामाजिक कार्यकर्ता शेर्वा कुमार योगीले जिल्लाका स्थानीय तहहरुमा राजनीतिक प्रतिशोधका कारण धेरैजसो बालबालिकाहरु जोखिममा परेको र शिक्षाबाट बञ्चित हुँदा पनि स्थानीय सरकारहरुले बेवास्ता गरेको बताउनुभयो ।
यस्तै पारासामाजिक कार्यकर्ता खगेन्द्र बहादुर शाहीले सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित सहयात्रा परियोजना सकिएको खण्डमा जिल्लाका धेरै जसो बालबालिकाहरु विद्यालय जानबाट बञ्चित हुनुका साथै जोखिमको दर बढ्न सक्ने सम्भावना रहेको बताउनुभयो । समिक्षा कार्यक्रममा सेभ द चिल्ड्रेनका बिनु श्रेष्ठ र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बाल संरक्षण अधिकृत निर्मल अधिकारी लगाएतले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया