दुईतिहाई बहुमत प्राप्त सरकारको गति सुस्त -पूर्व अर्थ राज्यमन्त्री राणा

दुईतिहाई बहुमत प्राप्त सरकारको गति सुस्त -पूर्व अर्थ राज्यमन्त्री राणा

दैलेख १६ कात्तीक ।
पूर्व अर्थ राज्यमन्त्री एंव नेपाल तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष उदय समशेर राणाले दुई तिहाई बहुमत प्राप्त सरकारको कामको गति सुस्त भएको बताएका छन् । दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा नेपाली कांग्रेस द्धारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले यस्तो बताएका हुन् ।

‘संघियतालाई संस्थागत गर्ने महत्वपूर्ण कानुनहरु समय सिमा भित्र ल्याउन नसक्नु सरकारको लाचारी हो, ठुला ठुला रेल र पानी जहाज ल्याउने सपना देखाएर जनतालाई भुल्याउन खोज्नु सरकारको मुर्खता हो, पूर्व अर्थ राज्यमन्त्री राणाले भने ।’ संघियतालाई कसरी स्थापित गर्ने, व्यवस्थापनमा के–के गरि सक्नु पर्ने हो लगाएतका विषयमा सरकारले ध्यानै नदिएको उहाँको भनाई छ ।
दुइतिहाई बहुमतको सरकार भएर पनि जुन गतिमा सरकार अघि बढ्नु पर्ने हो त्यसो हुन नसकेको उनले आरोप लगाए ।

विगतका रक्तपातपुर्ण राजनीतिक घटनाक्रमको त्रासले आक्रान्त नेपाली जनताको शान्तिको चाहना र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि कांग्रेस पतिपक्ष भएर पनि सरकारका निति तथा कार्यक्रम पास गरेर सहयोग गरेको उनको भनाई छ । ‘सरकारले गरेका राम्रा कामको समर्थन गर्छौ भनेका छौ, यस्तो प्रतिपक्ष पाएको बेला पनि सरकार अघि बढ्न नसक्नु लोकतन्त्र र जनचाहना माथि खतरा हुने खेल त हँुदै छैन ? हामीले सोच्ने बेला आएको छ’ नेता राणाले भने ।

संख्यात्मक मतले काँगेस चुनावमा प्रतिपक्षमा रहने अवस्था आउने थाहा पाएर पनि नेपाली जनताको शान्ति र राजनीतिक स्थिरताको चाहनालाई केन्द्र भागमा राखेर चुनाव सम्पन्न गरि देशलाई बन्धक मुक्त गरेको नेता राणाको भनाई थियो । कांगे्रसको मत घटेको छैन, आस्था र मोह पनि घटेको छैन, त्यसैले चुनाव हारेर राजनीतिक रुपमा असफल भइयो की भनेर चिन्ता गर्नु पर्दैन, चुनावमा हार्ने परिस्थिती भए पनि राजनीतिक रुपमा कांग्रेस पुर्ण रुपमा सफल भएको छ यसको जस आगामी दिनमा जनता बाट पाइन्छ, त्यसका लागि कांग्रेसी कार्यकर्ता निरन्तर क्रियाशिल रही जनता माझ जानुपर्ने नेता राणाले सुझाव दिए ।
चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा कर्णाली प्रदेशका सांसद हिम बहादुर शाही, नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसी, विभिन्न स्थानीइ तहमा निर्वाचित जनप्रतिनीधिहरु, अन्य राजनीतिक दलका नेता लगाएतको सहभागिता रहेको थियो । २००७ सालमा तात्कालिन राजनीतिक परिस्थितिलाई बुझेर विपिले सुरुवात गरेको मेलमिलापको राष्ट्रिय नीतिलाई हरेक वर्ष कोर्जागत पुर्णीमाका दिन देशभर दशै तिहार छठ र नेपाल सम्वतका अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिदै आएकोमा यस वर्ष कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको दुखद निधनका कारण कार्तिक १६ गते गर्नु परेको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया