‘समाजवादको जीवकोष सहकारी’

‘समाजवादको जीवकोष सहकारी’

चामुण्डा (दैलेख ) ।
मुलुकमा समाजवाद ल्याउनका लागि सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने दैलेख निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले बताएका छन । आईतबार चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ५ को देउती कृषि तथा बहुद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभाको उद्घाटन गर्दै यस्तो बताएका हुन । ‘संविधानले समाजवादको परिकल्पना गरेको छ ।’ ‘समाजवाद ल्याउनका लागि सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।’ मानिसको शरिरलाई पुर्णता दिनका लागि जीवकोषले महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ ।, ‘सहकारी समाजवादको एक महत्वपुर्ण जीवकोष हो ।’ उनले भने,–
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका बुढाले मुलुकलाई समृद्धि बनाउनका लागि कृषि उत्पादनमा सबै जोडिनु पर्नेमा जोड दिए । ‘जबसम्म उत्पादनमा जोडिदैनौ, ‘तबसम्म समृद्धि हासिल गर्न सकिदैन ।’ उनले भने ।
साथै हामी उत्पादनमा जोडिएनौ भने आफुसंगै भावी पुस्ताहरुले समेत दुःख पाउने उनको भनाई छ । भावी पुस्तालई दुःख नदिनका लागि सबै उत्पादनका जोडिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सुर्यबहादुर शाहीले समृद्धिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । ‘एकता विना कुनैपनि काम गर्न सकिदैन, ‘समृद्धि हासिल गर्नका लागि सबै एकजुट हुनुपर्छ ।’ ‘अर्काका कुरा काटेर समय वर्वाद नगर्नुहोस, ‘फुसदको समयमा खेतबारी सामुहिक रुपमा खेती गर्नुहोस ।’ उनले भने–
साथै नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि सहकारीसंग सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्ला विकास समितिका पुर्व उप–सभापति तथा नेपाल कम्युनिष्ट पार्टीका नेता सुर्यबहादुर शाहीले कृषिमा आत्मनिर्भर बनाउनका लागि परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । कृषिमा आत्मनिर्भर बनाउनका लागि व्यवसायी कृषि खेती गर्नुपर्ने उनको भनाई छ । र्‘चार बोट लसुन, चार बोट प्याज लगाएर कृषिमा आत्मनिर्भर बन्न सकिदैन । उनले भने ।
नगरपालिकालाई कृषिमा अर्गानिक बनाउने लक्ष्य रहेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही (खत्री)ले बताईन । देउती कृषि तथा बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हस्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष नारायण प्रसाद रेग्मी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया