देउली–सुर्खेत बस सेवा सुरु

देउली–सुर्खेत बस सेवा सुरु


कात्तिक १९ दैलेख ।
डुङ्गेश्वर गाउँँपालिका वडा नं. २ लाँकुरीको देउली बजार देखी चुप्रा हुँदै सुर्खेत सम्म दिवा बस सेवा सोमबारबाट संचालनमा आएको छ । बस सेवा संचालनमा आएसंगै अब डुङ्गेश्वर गाउँपालिका २ का नागरिकहरु सुर्खेत जानका लागि चुप्रा बजार पुगेर बस चढ्नुपर्ने बाध्यता हटेको छ । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी समितिको बस अबदेखि हरेक दिन ९ बजे देउली देखि सुर्खेतका लागि छुट्नेछ । भने सुर्खेत देखि देउलीका लागि दिउस १२ बजे छुट्नेछ ।
डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राजु कुमार खत्रीले देउली बाट चुप्रा हुँदै सुर्खेत सम्मका लागि बस संचालन गर्न मध्यपश्चिमाञ्चल यातायात व्यवसायी समितिको कार्यालय सुर्खेतलाई आग्रह गरेका थिए ।
बस सेवा संचालन भएसंगै यहाँका नागरिहरुले चर्को भाडा तिरेर साना जिपमा यात्रा गर्नुपर्ने बाध्यता हटेको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राजु कुमार खत्रीले प्रतिक्रिया दिनुभयो । देउली देखि चुप्रा सम्मको सडक स्तरोन्ती गरेर बाह्रै महिना बस संचालनमा ल्याउने वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

प्रतिक्रिया