ठूलीभेरीमा जीप खस्यो, १० जनाको मृत्यु

ठूलीभेरीमा जीप खस्यो, १० जनाको मृत्यु


जाजरकोट, १९ कार्तिक । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले जानकारी दिए । दुर्घटनामा दुई जनाको जीवितै उद्दार गरिएको छ । उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया