बन्गाड कुपिण्डे नगरका सवारी साधनको चरम दुरुपयोग

बन्गाड कुपिण्डे नगरका सवारी साधनको चरम दुरुपयोग

बन्गाड कुपिण्डे नगरपालीकाका नगर देखि वडा सम्मका सरकारी सवारी साधानको चरम दुपर्याेग भएको छ । १२ वटै वडामा दिएका मोटरसाईकिलहरु सरकारी कामकाज भन्दा व्यक्तिगत प्रयोजनमा वढि प्रयोग हुने गरेको देखिन्छ । यात्रु वसारपसार गर्ने देखि नयाँ सिकारुले सिक्ने र व्यापारिक प्रयोजनमा हिडेको पाईन्छ । पुजा आजा,नाचगान,विवाहा रमाईला मेला पर्व,चाडपर्व हुदै राती १२ वजे सम्म पनि उक्त  मोटरसाईकिल गाउँघरमा विना कामकाज हुकिईएका हुन्छन् ।

सरकारी गाडि सरकारी कामकाज वाहेक अन्य समयमा प्रयोग गर्न नमिल्ने हो । तर नगरका १२ वटै वडाका मोटरसाईकिल देखि नगरले भाडामा लिएका गाडिहरु दुरुपयोग भएको स्थानीयको भनाई छ । नगरपालीकाको प्रत्यक्ष गतिविधी नियालीरहेका एक जानकारका अनुसार नगरका प्रमुख देखि वडा अध्यक्षले प्रयोग गरिरहेका सवारी साधानमा व्यापाक दुपर्योग भएको छ । नगरका नागरिक भने गाउँमा पानी खाना पाईरहेका छैनन् । टोल टोलमा स्थानीयलाई खानेपानीको चर्म संकट झेलिरहेका छन् । राम्रो शिक्षा,स्वास्थ्य,बाटोघाटो वक्ति जस्ता कुराको प्रत्याभुति गराउँ भनीरहेका छन् । अत्यावश्यक कामकाज वाहेक जनप्रतिनिधीले सरकारी सम्पत्तिलाई आफ्नो व्यक्तिगत सम्पत्ति सोचेर प्रयोग गरिहरेका छन् । यसको फ्युल खर्च देखि मर्मत खर्च समेत नगरले दिने गरेको छ । विनाकारण विना ईजाजत सरकारी गाडि सञ्चालन तथा प्रयोग भएमा प्रहरी प्रशासनले समेत निगरानी राख्नु पर्ने हो तर यहाँ तेसो नभएको देखिन्छ । स्थानीयका अनुसार हाम्रा नगर प्रमुख कहि कतै केहि कुरामा भष्ट्रचार र अनियमितता भए १ मिनेटमै पदबाट राजिनामा दिन्छु भनेर सार्वजनिक कार्याक्रममा वोल्दै हिड्नु हुन्छ । नगर प्रमुख ज्यु यो पनि राज्यको सम्पत्तिको चरम दुरुपयोग र अनियमितता हो ।

प्रतिक्रिया