सुर्खेतको सिम्तामा विपन्न परिवालाई विपन्नता प्रमाण पत्र वितरण

सुर्खेतको सिम्तामा विपन्न परिवालाई विपन्नता प्रमाण पत्र वितरण

सुर्खेतको सिम्ता गाउँपालिकाको आयोजनामा विपन्नता स्तरिकरणको प्रमाण पत्र समाहारो कार्यक्रममा आज १८ जना विपिन्न परिवारलाइृ प्रमाण पत्र प्रदान गरिएको छ । सिम्ता गाउँपालीकाको ९ वटै वडाका प्रत्येक वडाबाट २ जनालाई नमुनाका विपिन्नता प्रमाण पत्र प्रदान गरिएको छ । गाउँपालीकाको ९ वटै वडामा ५ हजार ५ सय ९५ मा घरधुरी रहेको भने उक्त क्षेत्रको ३१ हजार ३ सय १३ जनसंख्याको १ सय २३ घरधुरीलाई अति विपन्नमा राखिएको छ । सिम्ता गाउँपालीकाको जनसंख्या,जात,पेसा,आर्थिक अवस्था,रोजगारि तथा गास वासको वर्तमान अवस्थाको वारेमा विश्लेषण गरिएको प्रतिवेदन गरिवी निवारण कोषका कार्य प्रबन्धक केशवराज ढुंगेलले प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदनबाट सिम्ता गाउँपालिकाको नागरिकको जिवन स्तरको वारेमा प्रष्ट पारिएको थियो । कर्णालि प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकास ज्वालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले सिम्ता गाउँपालिकाले ५ वर्ष भित्रमा जनतासँग सिम्ता गाउँपालीका भन्ने मुल नारा तय भएकोले सवै वडाहरुमा सडकको पहुँच,सिम्तामा विद्युतीकरण,शिक्षा र स्वास्थ्य जस्ता मुलभुत विषयमा आफ्नो ध्यान केन्द्रीत गरेको वताउनु भयो । कार्याक्रममा दुधजन्य उत्पादनमा राम्रो प्रगति भएको र कृषि भन्दा विदेश मोह, ज्यालादारिले गर्दा कृषि उपजका क्षेत्रमा राम्रो हुदाहुदै पनि निरासाजनक उत्पादन रहेको जनाएको छ । पेसाका आधारमा ८६ प्रतिशत जनसंख्या रोजगारको शिलशिलामा भारत गएको देखिन्छ । १५ जात र ६३ थरका मानिसको वसोवास रहेको गाउँपालिकामा सिपयुक्त जनशक्ति कम रहेको भेटिन्छ । वैदेसिक रोजगारबाट प्राप्त आम्दानीलाई हिसाव नगर्दा यो गाउँपालीकामा १४ सय ८७ घरधुरीले मात्रै जिवन निर्वाह गर्न सक्ने अवस्था रहेको छ । त्यसै गरि बाँकी बाँकी ४१ सय ८ घरधुरीलाई विपन्नका रुपमा चित्रण गरिएको छ । मन्त्री ज्वालाले विपन्नताको सहि पहिचान गरि प्रदेश र स्थानीय तहबाट उनिहरुको जिवन निर्भाहाको लागि ठोस काम हुने वताउँनु भयो । शिक्षा,स्वास्थ्य,रोजगार जस्ता क्षेत्रमा विपन्न नागरिकको सजिलै पहुच हुने खालका आकर्षक कार्यक्रम लागु गर्न लागिएको धारण राख्नु भएको थियो ।त्यसै गरि सुर्खेत सिम्ताको शिक्षा,स्वास्थ्य बाटोघाटो,पुलपुलेसा लगाएतका क्षेत्रमा वजेट विनियोजित भएको र अन्य थप कुराहरुको लागि आफुले पहल थाल्ने वताउनु भएको छ । विपन्नता स्तरिकरणको प्रमाण पत्र वितरण कार्यक्रममा प्रधानमन्त्री कृर्षि आधुनिकरणका चित्रवहादुर रोकाय,प्रदेश सभाका संसाद ठम्मर विष्ट,नेकपा सिम्ताका नेता ऐनवहादुर चन्द,नेपाली काँग्रेसका खड्क पोख्रेल लगाएतका महानुभावले धारण राख्नु भएको थियो । गाउँपालीकाको विपन्न परिवारलाई पहिचान गरि नमुनाका रुपमा प्रमाण पत्र वितरण गर्ने लोकप्रिय कार्यक्रम प्रति सवैले खुलेर कार्यक्रम प्रसंसा गरेका थिए ।

प्रतिक्रिया