जिप दुर्घटनामा व्यपत्ता अमिना को सव अझै भेटीएन गोताखोर द्धारा खोजी जारी ।।

        लेख बुढा डोल्पा   |   प्रकाशित मितिः शनिबार, कार्तिक २४, २०७५     ::: 215 पटक पढिएको   |  

जिप दुर्घटनामा व्यपत्ता रहेको अमिना बुढा मगरको सव अझै भेटीएको छैन । यहि कार्तिक १९ गते डोल्पाको सदरमुकाम दुनै देखि सुपानीको लागी गएको भे १ च १६१० नंम्वरको जिप ठुलीभेरी नगरपालीका वडा नं. ९ कालागौडाको वतासे डाडामा दुर्घटना हुदा दुई जना घाईते १० जनाको मृतु भएको थियो भने त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. ९ की २१ बर्षिया अमिना बुढा मगर व्यपत्ता हुनु भएको थियो ।

जिप सडक बाट ठुलीभेरीको विच मा खसेकोले व्यपत्ता अमिनाको काठमान्डौ बाट आएको दुई गोताखोरको टोली ,शसस्त्र प्रहरी नेपाल प्रहरी,नेपाली सेनाको टोलीले चार दिन सम्मा खोजी कार्य गर्दा पनी सव भेटीएको छैन । गोता खोरको टोली सहीत सम्पुर्ण सुरक्षा कर्मीहरुले खोजी कार्य गरीरहेको तर कतै नभेटीएकोले खोजी कार्य निरन्तर जारी राख्ने जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले बताउनु भएको छ । व्यपत्ता अमिना बुढा जिल्ला अदालत डोल्पामा करार तामेलदार मा कार्यरत हुनुहुन्थ्यो । तिहारको मुखमा आफुले आफ्नो सन्तान गुमाएको र सव पनी नभेटीएको भन्दै व्यपत्ताका वुवा गम बहादुर बुढाले दुख व्यक्त गर्नु भयो । जिप दुर्घटान भए पछी दुनै सुपानी सडक खन्डको यातायात सेवा वन्द भएको छ ।



Leave a comment

Your email address will not be published.


*