अस्तब्यस्त बन्दै टीकापुर पार्क

अस्तब्यस्त बन्दै टीकापुर पार्क

 टीकापुर कात्तिक २६ ।
देशकै नमूना पार्कको रुपमा रहेको टीकापुर पार्कको अवस्था पछिल्लो समयमा अस्तब्यस्त बन्दै गएको छ । २०२८ सालमा स्थापना भएको टीकापुर पार्क विगतमा देशकै नमूना पार्कको रुपमा लिने गरिएको थियो । पार्क हेर्नकालागि देशका विभिन्न भागका साथै विदेशबाट समेत आउने गरेकाछन् ।

तत्कालिन टीकापुर विकास समितिको स्वामित्वमा रहेका बेला पार्क निकै रमाईलो देखिन्थ्यो । पार्कको सरसफाईको राम्रो ब्यवस्थाका साथै पार्कमा विभिन्न प्रजातीका फूलहरु झकिझकाउ हुने गरेका थिए तर पछिल्लो समयमा टीकापुर नगरपालिकाको माहततमा आएपछि पार्क अस्तब्यस्त बन्दै गएको स्थानीयको गुनासा छ ।

नगरपालिकामा कर्मचारीको नेतृत्व हुँदाका बेलादेखि पार्क अस्तब्यस्त हुँदै गएकोमा जनप्रतिनिधिहरु आएपछि केही हुन्छकी भन्ने आशा गरेपनि जनअपेक्षा अनुसार पार्कमा काम हुन सकेको छैन । तत्कालिन एमालेका तर्फबाट मेयरमा विजयी भएका तपेन्द्र रावलको नेतृत्वको टिमले टीकापुरको भविष्यसंग जोडिएको पार्कको विषयमा गम्भीर बन्छकी भन्ने लागको थियो तर उनीहरुले यसको महत्वनै नबुझेको टीकापुरका बासिन्दा झपट बुढाले बताउनुभयो ।

देशभरिनै टीकापुर पार्कको चर्चा छ तर घुम्न आउँदाको बेहाल देख्दा यो क्षेत्रकै बद्नाम हुने अवस्था भइसक्यो तर जनप्रतिनिधिहरु उदासिन देखिएकाछन –उहाँले भन्नुभयो । जनप्रतिनिधि आएको पनि एक वर्षभन्दा बढी भइसक्यो तर टीकापुर पार्कको स्तरउन्नती गर्नेदेखि लिएर त्याहाँका संरचनाको मर्मतको काम समेत हुन सकेको छैन ।

टीकापुर पार्कको चर्चा सुनेर घुम्न आएका मानिसहरु दुःखी भएर फर्किन थालेकाछन् । पार्कमा न फूलहरु फुलेकाछन न साना साना बनाएका पानीका पोखरीमा पानी नै छ नत पार्कमा रहेका विरेन्द्र विश्राम बाटिका र महेन्द्र आरोग्य गृहहरुको छानो नै छाइएको छ । दुवै घरको छाना खरले छाइएको छ । छानाका छाई पनि कलात्मक तरिकाले हुने भएकाले घरका छाना पनि रमाएर हेर्ने गर्दथे तर अहिले घरका छाना कुहिएकाछन भने महेन्द्र आरोग्य गृह धसिएको छ तर नगर प्रमुख रावल भने गुरुयोजना बनाइरहेको गैरजिम्मेवार जवाफ दिएर पन्छिने काम गर्दछन । निर्वाचित भएको एक वर्ष भन्दा बढी भइसक्दा पनि सवैको चासो बनेको टीकापुर पार्कको बारेमा गम्भीर भएर सोच्न सकेका छैनन् ।

टीकापुर पार्कमा बाह्रै महिना मानिसहरु घुम्न आउने भएपनि विषेश गरेर नयाँ वर्ष र दशैं तिहारको समयामा उल्लेख्य मानिसहरु आउने गरेकाछन् । कर्णाली नदीको किनारमा रहेको उक्त पार्कको पूर्वभागमा वनभोज स्थल बनाइएको छ । वनभोज स्थल पनि अस्तब्यस्त रहेको छ । वनभोजका लागि आउने मानिसहरुले कुनै नयाँ अनुभूति गर्न पाएकाछैनन् । विगतमा बनेको वनभोजस्थलका संरजनाहरु अस्तब्यस्त छन मर्मत समेत भएकाछैनन । वनभोजमा गएका मानिसहरु राम्रोसंग वस्न सक्ने अवस्था छैनन् । वनाइएका संरचनको भूई पूरै भत्किएको अवस्था छ भने सवै तिर प्रदुषण रहेको छ । खाना पकाउने कुनै ब्यवस्थित स्थान छैन बालुवा भएको ठाँउमा खाना बनानुपर्ने बाद्यता रहेको छ । सामान्य मर्मत गर्न सकिने संरचना पनि नगरपालिकाले मर्मत गरेको छैन ।

गत वर्षमात्र पार्कमा घुम्न आउने मानिसहरुबाट करिब ४२ लाख रुपैंया संकलन भएको थियो तर त्याहा उठेको रकममात्र त्यहिँ लगानी गरेमा पनि पार्कको मुहार फेर्न सकिने थियो तर पार्कबाट उठेको रकम पनि काहाँ प्रयोग भएको छ आफूहरु अनभिज्ञ रहेको पार्क छेउका बासिन्दाले बताउने गरेकाछन् । विसौं वर्ष अघि लगाएको काठको बार मर्मत गर्ने बेला भएको छ अन्य संरचना पुनर्निमाण गर्ने बेला भएको छ तर त्यतापट्टि ध्यान पुग्न सकेको छैन ।

पार्कको प्रवेशद्वारमा पर्यटकहरुले पालना गर्नुपर्ने आचार संहिता भनेर ठूलो बोर्ड राखिएको छ तर अक्षरनै नदेखिने अवस्थामा रहेको छ भने पार्कमा भित्र राखिएका सानातिना बोर्डहरु पनि खराव भएका छन लेखिएको मेटिएको छ र पार्क भित्र विभिन्न स्थानमा बनाइएका बस्ने सिमेन्टका बेन्चहरु फोहर छन रंगरोगन समेत भएको छैन । यस्तो अस्तब्यस्त अवस्थामा बनेको पार्कलाई ब्यवस्थित बनाउने बारेमा नगर प्रमुख सहितको टोली बेखबर देखिएको छ ।

पार्कमा जताततै फोहोर छ । प्लास्टिकका बोतलहरु ,गुट्खाका खोल लगायतका विभिन्न प्रकारका फोहोर यत्रतत्र छ तर त्यसको सरसफाईको काम भएको देखिएन । पार्कमा काम गर्ने कर्मचारीहरु भएपनि प्रभावकारी काम हुन सकेको छैन । पार्कमा रहेको महेन्द्र रत्न तालको अवस्था पनि नाजुक रहेको छ ।

झारले ताल भरिएको छ तर त्यसको सफाई पनि हुन सकेको छैन । टीकापुर पार्कमा गेट निर्माण गर्ने भन्दै यस अघि पटक पटक शिलन्यासको काम भएको थियो गेट निर्माणमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा मुद्धा समेत परेको थियो तर यस पट अत्याधुनिक गेट निर्माण गर्ने भन्दै करिब ८७ लाखको लागतमा काम भइरहेको छ । गेटमा त्यति ठूलो रकम खर्च गरेर काम हुँदै छ तर जे हेर्न भनेर पर्यटक आउने गरेका छन त्यो ब्यवस्थित गर्ने काम हुन सकेको छैन ।

विगतको टीकापुर पार्क सोचेर आउने मानिसहरु आजभोली पछुताउने गरेकाछन । १५ वर्ष अघि टीकापुर पार्क घुम्न आउँदा जुन रमाईलो थियो आजभोली त उजाड भएछ बर्दियाको गुलरियाका संजय पराजुलीले भन्नुभयो । पहिला भन्दा आजभोली त निकै फरक परेको रहेछ सपरिवार घुम्न आउनुभएका पराजुलीले भन्नुभयो । टीकापुर पार्कको बारेमा लिखित रुपमा नगरपालिकामा जानकारी गराई सकेको पार्कका इन्चार्ज अर्जुन कुँवरले बताउनुभयो । यस बारेमा नगर प्रमुख तपेन्द्र रावलले पार्कको ब्यवस्थित गर्ने काममा लागेको बताउनुभयो । ६ महिनामा गुरुयोजना बनाएर काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया