नागरिकको ज्यान जोगाउँदै नेपाली सेना आर्मी क्याम्प, ब्लड ब्याङक

नागरिकको ज्यान जोगाउँदै नेपाली सेना आर्मी क्याम्प, ब्लड ब्याङक

कालिकोट कात्तिक २६ गते, जिल्ला अस्पताल कालिकोटमा ब्लड ब्याङक नहुँदा बिरामीका लागि आबश्यक पर्ने रगत आपुर्तिका लागि समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने महिलाहरु तथा अन्य बिरामीहरुलाई आवश्यक पर्ने रगत नेपाली सेनाको रणसुर गुल्म, नेपाल प्रहरी तथा अन्य फेला परेका स्थानिय नागरिकहरुबाट आपुर्ति हुने गरेको छ । जिल्ला अस्पताल कालिकोटमा आउने अधिकांश बिरामीहरुलाई रगत आवश्यक परे जिल्लाका सुरक्षा निकायकै सहयोगमा रगतको आपुर्ति गर्नु पर्ने बाध्यता रहेको छ ।

जिल्ला अस्पतालमा बिरामीका लागि रगत दान गर्दै नेपाली सेना । तस्बिर ः बिस्नप्रसाद न्यौपाने ।

आईतबार मात्र जिल्लाको खाँँडाचक्र नगरपालिका वडा नं. ५ घोडेनाका २५ बर्षिया नेत्रराज शाही जण्डीसको बिरामी भएर उपचार गर्न आउदा रगतको अभावमा उनको स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि नेपाली सेनाको रणसुर गुल्म कालिकोटमा कार्यरत सिपाही राजेन्द्र थापाले रक्तदान गरे । उनले गरेको रक्तदानका कारण बिरामी नेत्रराज शाहीको ज्यान जोगियो । उनी मात्र होईन, जिल्ला अस्पतालमा बिरामीहरुलाई रगत आबश्यक परेको समयमा नेपाली सेनाले नै बढी सहयोग गर्दै आएको छ । नेपाली सेनाको रणसुर गुल्म कालिकोटका गुल्मपती मेजर अमृत थापा मगरले भने, जिल्ला अस्पतालबाट रगत सहयोग गरिदिन माग आउछ । बिरामीका आफुन्तहरुले पनि फोनबाट अनुरोध गर्छन् । हामीहरुले माग अनुसार उपलब्ध भएपम्म रगत उलपब्ध गराउदै आएका छौ ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा.विवस पराजुलीले जिल्ला अस्पतालमा आउने बिरामीहरुलाई आवश्यक पर्ने रगत सुरक्षा निकायबाटै सहयोग लिने पर्ने बाध्यता रहेको बताए । उनले भने, रगत आवश्यक पर्ने बिरामीहरु निकै कम आउछन । तर पनि रगत आपुर्तिका लागि निकै समस्या हुने गरेको छ । उनले जिल्लामा रगतको श्रोतहरु बिरामीका आफन्त, अस्पतालका कर्मचारी, पृथ्वी रक्तदान बिर फाउण्डेशन, नेपाली सेना र नेपाल प्रहरी रहेको बताए । उनले जिल्लामा बढीजसो प्रसुति लिन आउने बिरामीहरुलाई रगतको आवश्यक पर्ने गरेको बताउदै त्यसको आपुर्तिका लागि जिल्लामा सुरक्षा निकायहरुबाट ठुलो सहयोग हुँदै आएको बताए ।
२०७४ सालदेखी जिल्ला अस्पतालमा रगत आपुर्तिका लागि समन्वय गरिहेको पृथ्वी रक्तदान बिर फाउण्डेशको तथ्यांक अनुसार हालसम्म ८८ जनाले रगत दान गरेका छन् । जसमा नेपाली सेना, नेपाल प्रहरी, स्थानिय नागरिक र स्वास्थ्यकर्मीहरु बढी रहेका छन् । पेथ्वी रक्तदान बिर फाण्डेशनका अध्यक्ष रमितकुमार मल्लले जिल्ला अस्पतालमा आउने बिरामीहरुलाई रगत आवश्यक परे पहिले नेपाली सेना, नेपाल प्रहरीसँगै समन्वय गरिरहेको बताए । उनले अन्य व्यक्तिहरु खोजी गर्न समय लाग्ने र रगतको ग्रुप पनि पत्ता लगाउन सजिलो हुने हुँदा सुरक्षा निकायको सहयोग लिनु परेको बताए ।

प्रतिक्रिया