सुदूरपश्चिम प्रदेशमा नयाँ मन्त्री : दीर्घबहादुरलाई बर्खास्त गरेर कृष्णराजलाई सपथ

सुदूरपश्चिम प्रदेशमा नयाँ मन्त्री : दीर्घबहादुरलाई बर्खास्त गरेर कृष्णराजलाई सपथ

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सांसद कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा सपथ दिलाएका छन् ।मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा भट्टले सुवेदीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

आजै भट्टले पदीय मर्यादा उलंघन गरेको भन्दै सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा रहेका दीर्घबहादुर सोडारीलाई बर्खास्त गरेका थिए । उनलाई बर्खास्त गरेलगत्तै प्रदेश सरकारले सुवेदीलाई नयाँ मन्त्री नियुक्त गरेको हो ।

सोडारीलाई बर्खास्त गरिएको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले पदीय मर्यादा विपरित गतिविधि गरेको कारण बखास्त गर्नु परेको जानकारी दिए । पार्टीको निर्देशन अनुसार नै उनी बर्खास्तीमा परेको प्रदेश सरकारले जनाएको छ ।प्राप्त जानकारी अनुसार नेकपा सुदूर पश्चिम प्रदेशका इच्चार्ज भीम रावलको निर्देशनमा सोडारीलाई मुख्यमन्त्री भट्टले बर्खास्त गरेका हुन् ।

बर्खास्तीमा पर्ने सोडारी दोस्रो बन्त्री बनेका छन् ।यसअघि प्रदेश नम्बर ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित बर्खास्तीमा परेका थिए ।

प्रतिक्रिया