ज्वालामुखीको साधारणसभा

ज्वालामुखीको साधारणसभा


दैलेख कात्तिक ३० ।
भैरवी गाउँपालिका १ रावतकोटको ज्वालामुखी बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको कार्यालय भवन देउतिस्थान डाँडामा सम्पन्न साधारण सभा सहकारी संस्थाका अध्यक्ष दानबहादुर थापाको अध्यक्षतामा भएको हो । साधारण सभामा प्रस्तुत प्रतिवेदनमा सहकारीले आर्थीक बर्ष २०७४÷०७५ मा कुल ६ लाख ६९ हजार ७५ रुपैयाँ आम्दानी गरेको छ । यस्तै कुल खर्च ४ लाख ४९ हजार ८ सय ५८ रहेको छ । सहकारीको खुद नाफा २ लाख १९ हजार २ सय १६ रहेको छ । साधारण सभाले संस्थाको कुल कारोबार १० लाख ४२ हजार २ सय ९६ रहेको लेखापरीक्षण प्रतिवेदनलाई सर्वसम्मत पारित भएको छ ।
सञ्चालक समितिको ३ वर्षको पदावधि सकिएको हुँदा मौज्दात समिति विघटन भई साधारणसभा बाट नयाँ सञ्चालक समिति गठन भएको छ । जसको अध्यक्षमा दानबहादुर थापा, उपाध्यक्ष निम्बु थापा, सचिव श्यामबहादुर थापा , कोषाध्यक्षमा ईन्द्र बहादुर थापा, सदस्यहरु थिर बहादुर कार्की, लिलाराम महतारा, प्रेमबहादुर बिष्ट, विष्णा थापा, इन्द्रा खत्री रहेका छन् । कार्यक्रममा जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष तेजबहादुर थापाले सहकारीको सिद्धान्तलाई आत्मसाथ गरि सम्पूर्ण सदस्यले अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया