बाँकेमा २६ वर्षीया युवती बलात्कृत

बाँकेमा २६ वर्षीया युवती बलात्कृत

काठमाडौं– बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ मा २६ वर्षीया युवती बलात्कृत भएकी छिन् । प्रहरीले बलात्कार अभियोगमा स्थानीय राजकुमार थारुलाई नियन्त्रणमा लिएको छ । शुक्रवार राती स्थानीय राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका राजकुमार थारुले २६ वर्षीया युवतीलाई कोहलपुर नगरपालिका–११ स्थित आफ्नै घरमा लगेर जबर्जस्ती करणी गरेको बताइएको छ ।

घरमा बन्धक बनाएर रातभर बलात्कार गरेपछि शुक्रवार बिहान ना. ७ ख. ७९२० नम्बरको ट्रिपरमा राखेर थारुले युवतीलाई उनको घरमा पठाएका थिए ।‘पीडितको उजुरीका आधारमा बलात्कारमा संलग्न राजकुमार थारुलाई नियन्त्रणमा लिएका छौं’ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी० रमेश बहादुर सिंहले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

बलात्कार भएको सूचना पाउनासाथ प्रहरी परिचालन गरेर करिब एक घण्टामा नै अभियुक्तलाई पक्राउ गरिएको डिएसपी सिंहले बताए ।युवतीलाई ट्रिपर चढाएर पठाएपछि अभियुक्त भागेका थिए । कोहलपुर नगरपालिका–१० बाट पक्राउ परेका राजकुमार थारुमाथि अनुसन्धान भइरहेको बताईएको छ ।

प्रतिक्रिया