गुरासँका दुई सामुदायिक विद्यालयको अनुगमन

गुरासँका दुई सामुदायिक विद्यालयको अनुगमन


दैलेख मङ्सिर ३ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको कार्यसमितिका पदाधिकारीहरुले गुरासँ गाउँपालिकामा रहेका दुई सामुदायिक विद्यालयको अनुगमन गरेको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजनाले काम गरिरहेको गुरासँ गाउँपालिकाका दुईवटा विद्यालयमा अनुगमन गरिएको हो । गुरासँ गाउँपालिका वडा नंं ३ मा रहेको जनता आधारभुत विद्यालय र वडा नं. २ मा रहेको भैरब आधारभुत विद्यालय लम्चुडीमा आुगमन गरिएको हो । कार्यसमितिले विद्यालयसंगै सोहि विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुसंग छलफल गरेको छ ।

परियोजनाले जनता आधारभुत विद्यालयमा निर्माण गरेको शुद्ध खानेपानीको धारा ।

अनुगमनमा क्रममा गुरासँ गाउँपालिका वडा नंं ३ मा रहेको जनता आधारभुत विद्यालयमा शिक्षक दरबन्दी नभएको, कक्षा कोठामा पिफर्म र कार्पेट अपुग भएको पाइएको छ । विद्यालयका प्रधानाध्यापक नगेन्द्र प्रसाद शर्माले सहयात्रा परियोजनाले गरेको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोग पुगेको बताए । उनका अनुसार उक्त विद्यालयमा कक्षाकोठा व्यवस्थापन, शुद्ध खानेपानीको धारा निर्माण, शैक्षिक सामग्री, बालबालिकालाई छात्रबृति, शिक्षकलाई तालिम, कार्पेट पिफर्म लगाएतका सहयोग सहयात्रा परियोजनाले गरेको छ । प्रधानाध्यापक शर्माले विद्यालयमा पिफर्म र कार्पेट अपुग भएको भन्दै अपुग भएका सामग्री उपलब्ध गराइदिन परियोजनालाई आग्रह गरेका छन् ।

यस्तै गुरासँ गाउँपालिका वडा नंं भैरब आधारभुत विद्यालय लम्चुडीका प्रधानाध्यापक महेन्द्र कुमार रामजालीले सहयात्रा परियोजनाले दिएको सहयोगले विद्यालय संगै समग्र समुदायलाई सकारात्मक प्रभाव पारेको बताए । परियोजनाले दिएको छात्रबृतिले विद्यालय आउन नमान्ने बालबालिकाहरु विद्यालय आएका छन्, आर्थीक अवस्था कमजोर भएका बालबालिकाहरु नियमित विद्यालय आउन सक्ने भएका छन्, प्रधानाध्यापमक रामजारीले भने ।

शिक्षक र अभिभावक संग छलफल गर्दै अनुगमन टोली ।

अनुगमनमा क्रममा सहयात्रा परियोजनाले प्रदान गरेका सामग्रीहरु विद्यालय र विद्यार्थीहरुले नियमित प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यार्थीको विद्यालयमा पहुँच तथा विद्यालयमा गुणस्तरिय सिकाई जस्ता विषयमा गरिएको विद्यालय अनुगमनमा सहभागी सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्व अध्यक्ष सिता कुमारी रानाले विद्यालय सुधार र गुणस्तरिय सिकाईका लागि स्यंम समुदाय पनि जागरुक हुन सुझाव दिइन् । अनुगमनमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उपाध्यक्ष विर बहादुर नेपाली, सदस्य कमला चन्द, टिकादेवी जैसी, परियोजनाका कार्यक्रम निर्देशक नवराज विसी, सेभ द चिल्ड्रेनका शिक्षा अधिकृत उमेश वि।क।,सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्व अध्यक्ष सिता कुमारी राना लगाएत सहभागि थिए ।

प्रतिक्रिया