दृष्टिविहिन बालबालिकालाई न्यानो कपडा

दृष्टिविहिन बालबालिकालाई न्यानो कपडा

दुल्लु संवाददाता
मंसिर ५ दैलेख ।
दुल्लु नगरपालिकाले अन्तराष्ट्रिय बाल अधिकार दिवसको अबसर पारेर दृष्टिविहिन बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किर्तिखम्बमा अध्ययनरत १४ जना दृष्टिविहिन बालवालीकालाई दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा र नगर कार्यवाहक प्रमुख लाल बहादुर रावतले बालबालिकालाई न्यानो कपडा वितरण गरेका हन् ।

कपडा विद्यालयका प्रधानाध्यापक भुपाल विक्रम शाहलाई हस्तान्तरण गरिएको थियो । न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले बालबालिकालाई कुपोषण हुनबाट जोगाउन पोषणजन्य खानेकुरा महत्वपुर्ण रहने बताए ।  दुल्लु नगर कार्यवाहक प्रमुख लाल बहादुर रावतले दृष्टिविहिन बालबालिकाको सुरक्षा र दुल्लु नगरका केही विद्यालयको लागि भौतिक सुधार गर्नको लागि पहल गर्ने बताए ।

प्रतिक्रिया