खानेपानी योजनाको अनुगमन

खानेपानी योजनाको अनुगमन

दैलेख मंसिर ६ ।
ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक), नेपाल दैलेखको सहजिकरणमा भगवतिमाई गाउपालिकाको कट्टी ५ र ६ वडामा उपभोक्ता समितीका अध्यक्षको अध्यक्षतामा तेस्रो अनुगमन तथा सामाजिक लेखा परिक्षण सपन्न भएको छ । अनुगमनमा गाउँपालिका अध्यक्ष दान बहादुर थापा, प्रमुख प्रसाशकिय अधिकृत भिम बहादुर वुढा सहभागि थिए ।

यस्तै गाउँपालिकाका जनप्रतिनीधि र परियोजनाबाट जलस्रोत सल्लाहकार लक्ष्मीचन्द्र महत सहभागि रहेको हाम्रा भगवतीमाई गाउँपालिकाका संवाददाताले बताएका छन् । टोलीले पुरनपानी पातीहाला खानेपानी तथा सरसफाई र भुवाल्ने खोला खानेपानी तथा सरसफाई योजनाको अनुगष्मन गरेको छ । सोहि अबसरमा गरिएको सामाजिक लेखा परिक्षणमा ती योजनाको संरचनाको विवरण, आर्थिक प्रतिवेदन, सामाग्रीहरुको विवरण सर्वसम्मत पारित भएको छ ।

प्रतिक्रिया